घुम्दै चुनाव लड्ने रहरले होइन, प्रचण्ड गोरखा डरले पुगेका हुन

उम्मेदवारी दर्ता गर्ने अन्तिम छेउमा आएर पाँच दलीय सत्ता गठबन्धन टुट्यो । सत्ता स्वार्थको मसिनो डोरीमा वाधिएको गठबन्धनको गाँठो टुट्नु स्वभाविक थियो । कुनै एउटा दल विरुद्ध मोर्चा बन्दी गरेर निर्वाचनमा जाने कुरा देख्दैमा पनि अस्वभाविक त छदै थियो । त्यसमा पनि प्रतिपक्षी दललाई घेराबन्दी गरेर निर्वाचनमा जानु भनेको लोकतन्त्र विरोधी चरित्र हुँदै हो ।

कांग्रेसको नेतृत्वमा निर्माण भएको पाँच दलीय गठबन्धन स्वार्थी समुहहरुको भीड मात्रै हो भन्ने टिप्पणी यस अघि पनि हुँदै आएको थियो । अन्तत त्यो जसपा छुटिएर गएसंगै पुष्टि पनि भयो । मुलुकमा विकास निर्माण र सुशासन कायम गर्न होइन, यहाँ वेथितिको जग बसाल्न कसैले जोडिदिएको थियो, त्यो अप्राकृतिक गठबन्धन । कांग्रेस –माओवादी विपरीत सिद्धान्त वोकेका दलहरुबीचमा भएको गठजोड मात्रै स्वार्थमा केन्द्रित थियो,भन्ने कुरा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अचानक गोरखा वर्हिगमनले पुष्टि गरिदिएको छ । अध्यक्ष प्रचण्डले कुम हल्लाउँदै आफ्नो स्वभाविक लय र शैलीमा गोरखा वर्हिगमन घुमी –घुमी निर्वाचन लड्ने रहर भएको वताए पनि उनको त्यो पछिल्लो कुरामा पत्याउने वा विश्वास गर्ने आधारहरु भने कही कतै भेटिदैनन् । चितवन असुरक्षित देखेकै कारण उनी गोरखा उक्लिएका हुन् । अझ यसो भनू, कांग्रेसको नेतृत्वले नै हराउन सक्ने पछिल्लो समयमा उनी आफैले सूचना पाएकै कारण उनी चितवनबाट गोरखा धकेलिन वाध्य भएका हुन् । यदी कांग्रेस–माओवादी बीचको यो गठबन्धन मुलुक निर्माणको उद्देश्यका साथ भएको थियो भने–अन्तिम समयमा आएर निर्वाचन लड्न लरलर कोट हल्लाउदै प्रचण्ड गोरखा उक्लिनु पर्देन्थियो ।

गठबन्धनको प्रमुख नेता नै आफै भएको अर्थात आफैले गठबन्धन निर्माण गरेर कांग्रेसका सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाएको फूर्ति लगाउने प्रचण्डले किन आफूलाई आफ्नै निर्वाचन क्षेत्रमा कमजोर देखे । किन उनी आफै आफ्नै निर्वाचन क्षेत्रबाट पछि हट्न वाध्य भए । कहाँ गयो उनको गठबन्धनको सारथी कांग्रेस, उनले आफ्रनै निवाृचन क्षेत्रबाट टाटा–वाईर्वा गर्नु पर्दा । गठबन्धनकै प्रमुख नेता प्रचण्डलाई चितवन सुरक्षित हुने ग्यारेन्टी दिएर रोक्नु वा छेक्नु पर्ने थिएन र कांग्रेसले ? तर उनी अन्तिम समयमा आएर पोका –पन्तुरा बोक्दै चितवनबाट वतासिन वाध्य भए । यी सबै घट्नाक्रम हेरीरहेका जो कोहीले पनि सजिलै अनुमान लगाउन सक्छ, गठबन्धन प्रतिको अविश्वासका कारण प्रचण्ड चितवनबाट वाहिरन वाध्य भएका हुन् । त्यसोत उनलेगोरखा पुगेर प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गर्दै देशका धेरै भाग र क्षेत्रबाट चुनाव लडेर रेकर्ड बनाएको पनि सुनाए । उनले पहिला रोल्पा, काठमाडौं, मधेशमा सिरहा र चितवनबाट निर्वाचन लडेको हुँ भन्दै उनले ‘यसरी देशको पूर्व–पश्चिम, मधेश–पहाड घुम्दै चुनाव लड्ने सायद नेपालको इतिहासमा म नै पहिलो भएको छु कि जस्तो लागेको छ पनि सुनाएरे । पछिल्लो समय निर्वाचन लड्न गोरखा गएर ‘गर्व महसुस गरेको’ बताएका प्रचण्ड स्वयम्ले त्यसको एक महिना अघिसम्म चाहिँ चितवन छाड्दा राम्रो सन्देश नजाने बताउँदै चितवन–३ बाट दायाँ–बायाँ नगर्ने बताइरहेका थिए । प्रेस सेन्टर, कास्कीले २४ भदौमा पोखरामा गरेको पत्रकार सम्मेलनमा प्रचण्डले भनेका थिए, ‘यसपटक म चितवनबाटै चुनाव लड्छु, जित्छु भन्नेमा विश्वस्त छु । त्यति मात्रै होइन,उनले साउनमा जापान भ्रमणका लागि जाँदा पनि प्रचण्डले चाररपाँच महिना अघिदेखि भनिरहेको बताउँदै ‘चितवन क्षेत्र नम्बर ३ बाट नै चुनाव लड्छु’ भन्दै भ्रममा नपर्न भनेका थिए । त्यति मात्रै कहाँ हो र , चितवनको विकल्प नखोजेको छनक दिने गरी १० असोजमा प्रचण्ड भरतपुर महानगर–१४, शिवनगरमा बनाएको घरमा पनि सरेका थिए । यी सबै घट्ना क्रमले उनको मन चितवनमै चुनाब लड्ने रहेको बुझन सकिन्छ ।

चितवनमा निर्वाचन लड्ने मन बनाएका प्रचण्ड अन्तिम समयमा आएर निर्वाचन सर्नुमा गठबन्धनमा पछिल्लो समय बढ्दै गएको अविश्वास नै मुख्य कारण हो । वाहिर सार्वजनिक रुपमा नभने पनि भित्र–भित्र निर्वाचनपछि प्रधानमन्त्री बन्नका लागि चलखेल गर्दै आएका प्रचण्डलाई कांग्रेसले निर्वाचनमै हराइदिने सक्ने कुरा पनि उनको मनमा खेलिरहेको थियो । त्यसमा पनि पछिल्लो समय त्यस क्षेत्रबाट एमालेमा माओवादीका नेता –कार्यकर्ताहरु प्रवेश गरेका कारण पनि उनको सो क्षेत्र असुरक्षित बन्दै गएको थियो । यी सबै घट्नाक्रमलाई मसिनो गरी हेर्दै आएका प्रचण्डले चितवन हरेक कोणबाट असुरक्षित देखिएकै कारण उनले चितवनमा जोखिम नउठाएका हुन । उता, गठबन्धनका नेता एवं प्रधानमन्त्री शेरवहादुर देउवा फेरी पनि प्रधानमन्त्री बन्ने योजनाका साथ अघि बढेको राम्रैसंग बुझेका चतुर नेता प्रचण्डले उनका कारणले पनि चितवन असुरक्षित देखेकै कारण सुरक्षित क्षेत्रको खोजीमा गोरखा उक्लिएका हुन् ।

उपेन्द्र केसी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ साउन । प्रशान्त महासागरको मध्यभागमा अवस्थित टापु राष्ट्र किरीबाससँग नेपालले कूटनीतिक सम्बन्ध कायम गरेको छ ।   न्युयोर्कस्थित

काठमाडौँ, ३ साउन । गएका दुई वर्ष कर्जा विस्तारमा निर्मम बनेको राष्ट्र बैंकले यस वर्ष भने तुलनात्मक रूपमा खुकुलो नीति

काठमाडौँ, ३ साउन । वाग्मती र आसपासका खोलानालालाई प्रदूषणरहित बनाउन उपत्यकामा घर बनाउँदा अब ‘सेप्टिक ट्यांक’ अनिवार्य गरिएको छ । सर्वोच्च

काठमाडौँ, २ साउन । निष्पक्ष, पारदर्शी र व्यावसायिक भएर काम गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका छन् । आज प्रहरी प्रधान