विपन्नको उपचारमा प्रवासीले गरे ४० लाख सहयोग

म्याग्दी, २६ असोज । हङ्कङमा रहेका म्याग्देलीहरूले विपन्नको उपचारमा सघाउन रु ४० लाख सहयोग गरेका छन् । म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) हङ्कङको २० औँ साधारणसभाका अवसरमा सङ्कलन भएको रु ४० लाख ११ हजार एक सय ११ ओमकुमारी शान्ति कोषले विपन्नको उपचारमा सघाउन स्थापना गरेको अक्षयकोषलाई उपलब्ध गराएको हो । 

मोना हङ्कङका अध्यक्ष कर्ण पुनले मङ्गलबार बेनीमा कोषका अध्यक्ष राजेश शाक्यलाई उक्त रकम हस्तान्तरण गरे । हालसम्म म्याग्दीमा शिक्षा, स्वास्थ्य, पर्यटन विकासका साथै दैवीप्रकोपमा राहतस्वरुप करिब रु तीन करोड सहयोग गरिसकेको मोनाका अध्यक्ष पुनले बताए । कोषका महासचिव लोकबहादुर पुनले २०७१ सालमा स्थापना भएको संस्थाले गरिब बिरामीको उपचारमा सहयोग पु¥याउँदै आएको बताए । हालसम्म २६५ जनाको उपचारमा सघाएको पुनले बताए । 

हाइपोलास्टिक एनीमिया रोगबाट पीडित ओमकुमारी पुनको उपचारका क्रममा निधन भएपछि उनको उपचार अभियानमा सङ्कलन भएर बचत भएको रु १३ लाख रकमबाट उनकै नाममा ओमकुमारी शान्तिकोष स्थापना गरिएको थियो । रु तीन करोडको अक्षयकोष निर्माण अभियानमा हालसम्म रु एक करोड ४३ लाख सङ्कलन भएको कोषले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ साउन । प्रशान्त महासागरको मध्यभागमा अवस्थित टापु राष्ट्र किरीबाससँग नेपालले कूटनीतिक सम्बन्ध कायम गरेको छ ।   न्युयोर्कस्थित

काठमाडौँ, ३ साउन । गएका दुई वर्ष कर्जा विस्तारमा निर्मम बनेको राष्ट्र बैंकले यस वर्ष भने तुलनात्मक रूपमा खुकुलो नीति

काठमाडौँ, ३ साउन । वाग्मती र आसपासका खोलानालालाई प्रदूषणरहित बनाउन उपत्यकामा घर बनाउँदा अब ‘सेप्टिक ट्यांक’ अनिवार्य गरिएको छ । सर्वोच्च

काठमाडौँ, २ साउन । निष्पक्ष, पारदर्शी र व्यावसायिक भएर काम गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका छन् । आज प्रहरी प्रधान