नविन कार्कीको ‘सागर’ले युवा ढुकढुकी समेट्दै बजार तताउन थाल्यो


काठमाडौँ, २५ असोज । चाडपर्वको मौसमसँगै गायक नविन कार्की र मेलिना राईको नयाँ गीत ‘सागर’ले युवा ढुकढुकी समेट्दै बजार तताउन थालेको छ ।

यसअघि दुई दर्जन बढी गीत बजारमा ल्याइसकेका नविनको यो नविन प्रस्तुतिले साँगितिक बजारमा उनको उचाई थप्नेछ । सागरले मोति पायो, बत्तीले ज्योति पायो बोलको यो गीत सार्वजनिक भएको केही दिनमै २ लाख ४२ हजारले युट्युवमा हेरिसकेका छन् । गीतको लेखन बरिष्ठ गीतकार डा.कृष्णहरी बराल र संगित रीमेशकुमार थापाले गरेका हुन् भने संगित संयोजन विश्व अधिकारी र रेकर्डिंग, मिक्सिंग भोला पौडेलले गरेका हुन् ।

यो भिडियो कार्टुन क्रीउका कलाकारले अभिनय गर्दै युट्युब च्यानलमार्फत यही दशैंको बीचमा श्रोता, दर्शकबीच सार्वजनिक गरिएको हो । भिडियोमा कार्टुन क्रीउका सरोज अधिकारी र आश्मा विश्वकर्माले मुख्य अभिनय गरेका छन् । माया प्रेम जोडिएको यो गीतमा मेलिना र नविनको स्वर खुलेको छ । गीतका शब्द र भाव अनुसार संगित र गायनसँगै अभिनयमा तालमेल देखिन्छ । दोलखा जफेका गायक नविनले यसअघि कुवाको पानी उघाई खाएँ जलुकी पातैमा, महलमा राज होला तिम्रो, आँखाले हेरिनीजस्ता गीत श्रोतामाझ लोकप्रिय भइसकेका छन् । ती गीतले विभिन्न म्युजिक अवार्ड समेत हात पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन ६ गते आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । स्रोतका

काठमाडौँ, २ साउन । मधेस प्रदेश सरकारले गत असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेस प्रदेशका मृतकका परिवारलाई

काठमाडौँ, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राजदूत डीन आर थोमसनबीच शिष्टाचार भेटवार्ता भएको छ । आज

काठमाडौँ, २ साउन । गत असार २८ गते चितवनको सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा दुई बस खसेर यात्रु बेपत्ता भएका