शेयर बजार आज पनि दोहोरो अङ्कले घट्यो

काठमाडौँ, २५ असोज । आज पनि शेयर बजार दोहोरो अङ्कले घटेको छ । हिजो साेमवार २७ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव शून्य ६ अङ्कले घटेर एक हजार आठ सय ५५ दशमलव १६ विन्दुमा झरेको छ ।

आज व्यापार र होटलबाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको छ । दुई सय २९ वटा कम्पनीकाे १७ लाख ६८ हजार कित्ता शेयर ५५ करोड २८ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नबिल बैंकको तीन करोड १० लाख रुपैयाँको शेयर किनबेच भयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ साउन । प्रशान्त महासागरको मध्यभागमा अवस्थित टापु राष्ट्र किरीबाससँग नेपालले कूटनीतिक सम्बन्ध कायम गरेको छ ।   न्युयोर्कस्थित

काठमाडौँ, ३ साउन । गएका दुई वर्ष कर्जा विस्तारमा निर्मम बनेको राष्ट्र बैंकले यस वर्ष भने तुलनात्मक रूपमा खुकुलो नीति

काठमाडौँ, ३ साउन । वाग्मती र आसपासका खोलानालालाई प्रदूषणरहित बनाउन उपत्यकामा घर बनाउँदा अब ‘सेप्टिक ट्यांक’ अनिवार्य गरिएको छ । सर्वोच्च

काठमाडौँ, २ साउन । निष्पक्ष, पारदर्शी र व्यावसायिक भएर काम गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका छन् । आज प्रहरी प्रधान