फिल्म ‘कौसीद’को प्रदर्शन मिति तय

काठमाडौँ, २४ असोज । ऋचा शर्मा अभिनित फिल्म ‘कौसीद’को प्रदर्शन मिति तय भएको छ । पुस १५ गतेलाई नयाँ रिलिज मिति तोकेका हुन् ।

निर्माता केदार भुसालले वितरक र अन्य फिल्मको परिस्थितिलाई हेरेर उपयुक्त मिति तय गरिएको जनाए । फिल्मले ऋणको चपेटामा परेको पात्रको कष्टकर जीवन भोगाइको कथा पेस गर्छ ।

फिल्ममा भोलाराज सापकोटा, रुपेश दाहाल, परीक्षितविक्रम राणा, सदीक्षा गौतम, निर्भिक भट्टराई र सागर भट्टराईको समेत अभिनय छ । नवविजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाको लेखन रहेको फिल्मलाई सोसल ड्रामा जनरामा राखिएको छ । फिल्मलाई कुमार भाष्करले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ साउन । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवासँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेटवार्ता गरेका छन् ।

काठमाडौँ, २ साउन । मधेस प्रदेश सरकारले गत असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेस प्रदेशका मृतकका परिवारलाई

काठमाडौँ, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राजदूत डीन आर थोमसनबीच शिष्टाचार भेटवार्ता भएको छ । आज

काठमाडौँ, २ साउन । प्रवासी नेपाली मञ्च कतारको सातौँ राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्न नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष