भक्तपुरको ‘एक युगमा एकपटक’ जन्मेका युगान्तकारी नेता महेश बस्नेत र उहाँका सारथी किरण थापा

सन्दिप घृतकौशिक

कांग्रेस, नेपाल मजदुर किसान पार्टीलगायतका दलहरुले बहुदलीय व्यवस्थाको स्थापना भएसँगै भक्तपुर जिल्लालाई विकास र समृद्धिको हिसावले बक्ति मुनीको अध्यारोको रुपमा राख्न सफल भएका थिए । सिंहदरवारसँगको नजिकमा रहेको भक्तपुरलाई सिंहदरवार त नेपाल नै हैन, विदेशी भूमि जस्तै बनाएका थिए विगतका नेतृत्वले भक्तपुरलाई । तर जब २०७४ सालमा एमालेले भक्तपुर क्षेत्र नं. २ मा विजय हासिल गर्यो तब भक्तपुरले सिंहदरवार खोज्ने हैन, सिंहदरवारले भक्तपुर खोज्ने अवस्था एका एक बनेर आयो । चारै तर्फ विकास र समृद्धिको ढोकाहरु खुल्ला भए, देशकै नमुना जिल्लाको रुपमा परिचित हुन सफल भयो । जसको श्रेय नेकपा एमालेको पोलिटव्युरो सदस्य महेश बस्नेत तथा समाजसेवी तथा एमालेका युवा नेता किरण थापाको विशेष रुपमा रहयो ।

उहाँहरुकै नेतृत्वमा भक्तपुरवासीको तिव्र विकास र समृद्धिको चाहनालाई एक पछि अर्को गर्दै पुरा हुने क्रममा अगाडी बढ्यो । जनताको माग, चाहना र आवश्यकता अनुसारको विकासमात्र हैन, राष्ट्रिय राजनीतिको मियोको रुपमा भक्तपुरलाई स्थापीत गराउनु सफल हुनुभयो । भक्तपुरको जनताको दुःख सुखको सारथी बन्नुभयो । समाजमा हुने विकृति र विसंगतिको अन्त्यको लागि आफ्नो अमुल्य समय सामाजिक सेवामा समर्पण गर्नुभयो । सुशासन स्थापना गर्दै जिल्लालाई भ्रष्टाचार र अनियमितताको अन्त्य गर्न विशेष रणनीतिका साथ अगाडी बढ्नुभयो । नयाँ मिसन, भिजन र लगनशिलताका साथ जनताको साथी बन्नुभयो । त्यसैले दुई नेता पुनः भक्तपुरको मुहार फेर्नको लागि एमालेले महेश बस्नेतलाई प्रतिनिधिसभाको क्षेत्र नं. २ र किरण थापालाई प्रदेश सभा ‘क’ सूर्यविनायक क्षेत्रको रुपमा उम्मेदवारको रुपमा खडा गर्यो । उहाँहरुको अबको योजना नै पुराना चालु आयोजनाहरुलाई सम्पन्न गराउने र जिल्लामा नै रोजगारीको सिर्जना गर्न व्यापकमात्रामा औद्योगिकरण गर्ने रहेको छ ।

विगतको करिव साढे चार वर्षमा महेश बस्नेत र किरण थापाले भक्तपुरवासी जनताको हितको लागि गर्नुभएका असंख्य कामहरु रहेका छन् । सडक, ढल, खानेपानी, खेलमैदान, शिक्षा, स्थास्थ्य, स्मार्ट सिटी, हनुमन्ते, मनोहरा करिडोरको साथमा अन्य थप नयाँ पाँच वटा करिडोर, आधुनिक वीर अस्पताल, रंगशाला निर्माणको शुरुवात, कवोर्ड हल निर्माण, सार्वजनिक जग्गाहरुको संरक्षण, प्राणी उद्यान केन्द्र, विभिन्न मठ मन्दिरहरुको निर्माण तथा पुनः निर्माण, भुकम्प पछि भत्केका संरचनाहरुको पुनः निर्माण, कोरोनाको महामारिबाट जनतालाई बचाउन स्वास्थ्य क्षेत्रमा गरेको आमुल परिवर्तन, देवालयहरुको स्थापना, नेपाली धर्म संस्कृतिको जगेर्नालगायतका जनमुखी कार्यहरु नै उहाँहरुको विजयको अपरिहार्यता हो ।

उहाँहरुले भक्तपुरवासीको मन मष्तिस्कमा बस्न सफल हुनका १५ कारणहरु यस प्रकार रहेका छन्,

१) बत्तिमुनिको अध्यारोको रुपमा रहेको भक्तपुरलाई विकासको उज्यालो प्रदान,
२) आफ्नो क्षेत्रमा रहेका देवदेवालय कला संस्कृति परम्परालाई जिवन्तता तथा निरन्तरता प्रदान,
३) आफ्नो क्षेत्रको जनताको बास्तविक समस्या पहिल्याई ति समस्याहरुको उचित समाधान,
४) एम्बुलेन्स तथा दमकल समेत नछिर्ने सडकलाइ विस्तार गरि विकासको प्रमुख आधारभुत पुर्वाधार सडकमा लगभग सबैको पहुँच पुर्याएको,
५) गुणस्तरीय शिक्षा, स्वास्थ्यको आधारभुत आवश्यकतालाई हरेक जनताको पहुँचमा पुर्याउन सफल र सक्षम,
६) आफ्नो क्षेत्रको आर्थिक समुन्नतिको मिहिन पाटोलाई केलाउँदै दिर्घकालिन तथा स्थायी अर्थोपार्जनको नीति अङ्गालेको,
७) राजधानीसँग नजिक रहेर पनि सधैं पछि परेको भक्तपुरलाई विकासमा अगाडि बढाउँदै केन्द्रमा समेत हस्तक्षेपकारी भुमिकाको रुपमा उभ्याउन सकिएको,
८) एकपटक चुनाव जितेपछि आफ्नो क्षेत्रको प्रतिनिधि देख्न अर्को चुनाव कुर्नु पर्ने अवस्थालाई अन्त्य गर्दै हरेक क्षण आफ्नो क्षेत्रको जनतासँगै रहेको,
९) कुनै विदेशीको रणनीतिक स्वार्थमा नलागि यहाँको सनातन धर्म (हिन्दु, बौद्व, बोन र किराँत) को उचित सम्रक्षण,
१०) हाम्रा भन्दा राम्रालाई उचित प्राथमिकतामा राखि स्थापित गरेको,
११) गत निर्वाचनमा गरेका प्रतिबद्वता भन्दा दोब्बर भन्दा बढि काम गरेको,
१२) काल्पनिक र फोस्रा आश्वासने विकास भन्दा यथार्थता तथा दिर्घकालिन महत्वका क्षेत्रमा बढि केन्द्रीत रहि विकास गरेको,
१३) शिक्षा स्वास्थ्य खानेपानी सडक कृषि जस्ता जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयहरुमा तदारुकताका साथ कार्य गरेको,
१५) २०७२ सालको विनासकारी भुकम्प होस् वा कोरोनाको समयमा हर जनताको घरदैलोमा राहत पुर्याउने कार्यमा सदैभ अग्रसर रहेको,
१५) हरेक विकासको कार्यहरु जनताको प्रत्यक्ष सहभागितामा गर्ने गरेको ।

लेख्दै जाउँ भने यस्ता बुँदा धेरै छन् । सवै बुद्वाको ब्याख्या गरौं भने एउटा ठूलो पुस्तकको ठेलि नबन्ला भन्न सकिदैन । तर ति यावत् कारणहरुले हाम्रा यी दुई एमालेका उमेद्ववारहरुले आगामी मंसिर ४ गते हुने निर्वाचनमा जित्नै पर्छ । किनकि हामीलाई यथार्थताको विकास आवश्यक रहेको छ । उडन्ते हावादारी र फुस्रे गफ आश्वासनको विकास मनर्दैन । २०४८ सालदेखिको गफे विकासबाट भक्तपुरका जनता आजित भएका छन् । हामी आम भक्तपुरवासीलाई विकासको महत्व र साच्चिकै विकास के हो ? भन्ने बुझाइदिने यिनै हस्तिहरु हुन नेपाललाई स्विटजरल्यान्ड र सिङ्गापुर होइन नेपाललाई नेपाल नै बनाउने अभियानको महान् अभियानकर्ता हुन् । किनकि चर्च नै चर्चले भरिएको स्विजरल्यान्ड होइन, आफ्नै सनातन धर्म कला संस्कार, संस्कृति, परम्परा, रितिरिवाजको धनि रहेका हामी नेपाली मन्दिरै मन्दिर र गुम्बा नै गुम्बाले भरिपूर्ण रहेको क्षेत्रका हामी सबै पाएर पनि केहि नपाएको जसरि भौतारिरहेका हामी निरिह जनतालाई आशाको दियो बाल्दिने यी महान हस्तिहरुले जित्नै पर्छ । एक युगमा एकपटक जन्मिने युगान्तकारी नेताहरुले जित्नुपर्छ । इतिहासमा कहिल्यै नहारेका हामी २०४६ सालको बहुदलपछि पटक पटक हार्दै आएका छौं । हामीलाई हार्ने र हराउने बानिमा अभ्यस्त भैसकेको छौं । कहिल्यै कसैको सामु घुडा नटेकेका हामी नेपाली विदेशीको सामु लम्पसार पर्न जानिसकेका छौं । त्यसैले इतिहासको निर्मम समिक्षा गरेर पुनराबृति गर्ने कि अघिल्लो चुनावमा सहि गरेका थियौं, सहि नेता चुनेका थियौं । त्यसैले पुनः आफ्नो आशामाथि तुषारापात हुन नदिन महेश बस्नेत र किरण थापालाई जिताएर पठाउने यो सबैको अभिभारा तपाई हाम्रो हातमा छ, त्यसैले विचार गरौं ।

भक्तपुर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

देश भरिकै एमाले राजनीतिमा एउटा यस्तो बेला थियो बामदेव बर्दिया र एमाले भनेपछि त्यहाँ अर्को अप्सन थिएन । बामदेवको छत्रछायामा

काठमाडौँ, ३० असार । सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबीच मन्त्रालय भागबण्डा टुंगो लागेको छ । स्रोतका अनुसार

काठमाडौँ, ३० असार । शिक्षामन्त्री सुमना श्रेष्ठले देश बनाउने महत्त्वपूर्ण भूमिका शिक्षा मन्त्रालयको रहेको बताएकी छन् । आज मन्त्रालयमा आयोजित

काठमाडौँ, ३० असार । नेपाली कांग्रेसको शेखर कोइराला पक्षले केपी ओली नेतृत्वको सरकारमा पार्टीले सहभागिता जनाउँदा आफ्नो पक्षबाट ४ जना