माछापुच्छ्रे बैंक २३ औं वर्षमा प्रवेश

काठमाडौँ, २३ असोज । माछापुच्छ्रे बैंक २२ औं वर्षपार गरी २३ औं वर्षमा प्रवेश गरेको छ । यो बैंक २२ वर्ष अघि पोखरामा क्षेत्रीय बैंकको रुपमा स्थापना भएको थियो ।

ग्राहकको अगाध माया र अटुट विश्वास, नियमकारी निकायको मार्गदर्शन, सेयरधनी सदस्यको भरोसा, कर्मचारीको अतुलनिय योगदानको फलस्वरुप आजको दिनमा आइपुग्दा व्यावसायिक बैंकहरुमा अब्बल बैंकको रुपमा स्थापित हुन सफल भएको बैंकले बताएको छ ।

२२ वर्ष पूरा गरी २३ औं वर्षमा प्रवेश गरेको अवसरमा बैंकले एक कार्यक्रम गरी २० वर्ष भन्दा बढी निरन्तर सेवा गरिरहेका कर्मचारीहरुलाई सम्मान गरेको छ । उक्त कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंकका अध्यक्ष डा. वीरेन्द्रप्रसाद महतोले २२ वर्षसम्मका यात्रालाई सफल बनाउन योगदान दिने सबैमा धन्यवाद दिंदै आगामी दिनहरुमा पनि अझ गुणस्तरीय बैंकिङ सेवा दिंदै थप उत्कृष्ट सुविधाहरु प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

माछापुच्छ्रे बैंकले आफ्नो २२ औ वार्षिकोत्सवको अवसरमा विभिन्न क्यासब्याक तथा डिस्काउन्ट अफरहरु ल्याएको छ । जसको उपयोग बैंकले प्रदान गर्दै आएको डिजिटल सेवा सुविधाहरु (एमबीएल एम स्मार्ट, डेबिट तथा क्रेडिट कार्ड) बाट लिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

देश भरिकै एमाले राजनीतिमा एउटा यस्तो बेला थियो बामदेव बर्दिया र एमाले भनेपछि त्यहाँ अर्को अप्सन थिएन । बामदेवको छत्रछायामा

काठमाडौँ, ३० असार । सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबीच मन्त्रालय भागबण्डा टुंगो लागेको छ । स्रोतका अनुसार

काठमाडौँ, ३० असार । शिक्षामन्त्री सुमना श्रेष्ठले देश बनाउने महत्त्वपूर्ण भूमिका शिक्षा मन्त्रालयको रहेको बताएकी छन् । आज मन्त्रालयमा आयोजित

काठमाडौँ, ३० असार । नेपाली कांग्रेसको शेखर कोइराला पक्षले केपी ओली नेतृत्वको सरकारमा पार्टीले सहभागिता जनाउँदा आफ्नो पक्षबाट ४ जना