दसैँको भत्ताबाट बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई कपडा

चितवन, १९ असोज । स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले विभिन्न शीर्षकमा भत्ता पाउने गरेका छन् । भरतपुर महानगरपालिकाका एक वडासदस्यले मात्रै दसैँ अगाडि प्राप्त गर्नुभएको झण्डै रु ४० हजार भत्ता सामाजिक काममा लगाएका छन्। 

वडा नं १० का सदस्य रेशमराज थापा (ऋषि) ले प्राप्त भत्तालाई पहिलोपटक शिक्षा र स्वास्थ्य क्षेत्रमा खर्च गर्ने घोषणा गर्दै मङ्गलबार नारायणी माध्यमिक विद्यालयमा अध्ययनरत बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई लत्ताकपडा उपलब्ध गराए । बालबालिकालाई टिसर्ट, पाइन्ट र जुत्ता प्रदान गर्दै उहाँले शिक्षा र स्वास्थ्य आफ्नो पहिलो प्राथमिकता भएकाले आफ्नै वडाभित्रको विद्यालयमा अध्ययनरत बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई सहयोग गरिएको बताए ।

“यो मेरो सुरुआत मात्रै हो, मैले पाँच वर्षसम्म जे जति भत्ता पाउँछु सबै रकम यसरी नै शिक्षा र स्वास्थ्यमा खर्च गरेर सहयोग गर्नेछु”, वडासदस्य थापाले भने, “दसैँको बीचमा कार्यक्रम गरिएकाले धेरै विद्यार्थी समेट्न सकिएन तर आगामी दिनमा पनि यसलाई निरन्तरता दिनेछु ।” 

उनले उक्त विद्यालयका विद्यार्थीका साथै भरतपुरमा ठेला व्यवसाय गरी छोराछोरी पढाइ रहेका अभिभावकलाई पनि कपडा सहयोग गरे  । दसैँमा नयाँ कपडा पाएपछि बालबालिकाको मुहारमा खुसी छाएको थियो । उक्त विद्यालयका अध्यक्ष टेकबहादुर गुरुङले युवा जनप्रतिनिधिको सकारात्मक कार्यले थप ऊर्जा मिलेको बताए । बौद्धिक अपाङ्गता भएका बालबालिकालाई घरपरिवारले समेत माया नगर्ने गरेको भन्दै उहाँले जनप्रतिनिधिले दिएको सहयोगले विद्यार्थीलाई हौसला मिलेको छ भने  ।  रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असाेज । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी स्वदेश फर्किएका छन् । उनी केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय

काठमाडौँ, १० असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौँ क्षेत्र नं.-३ मा युवा नेताहरूले सर्वसम्मतिका नाममा नेतृत्व चयन गर्ने प्रयासको

सिन्धुली, १० असोज। नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत सिन्धुली क्षेत्र नं. १ बाट खस आर्य तर्फ प्रदेश महाधिवेशन प्रतिनिधि पदमा

काठमाडौँ, १० असोज । परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकहरूको विश्व आर्थिक शासन व्यवस्थामा आवाज र प्रतिनिधित्व बढाउने गरी अन्तर्राष्ट्रिय वित्तीय संरचनामा