युक्रेनी भू–भाग कब्जा गर्ने रुसी कदमलाई मान्यता दिदैनौँ : बाइडेन

एजेन्सी, १४ असोज । अमेरिकाले कहिल्यै पनि युक्रेनको भू–भाग कब्जा गर्ने रुसी प्रयासलाई मान्यता नदिने राष्ट्रपति जो बाइडेनले बताएका छन् । बीबीसीका अनुसार रुसी राष्ट्रपति भलादिमिर पुटिनको शुक्रवार युक्रेनका चारवटा नयाँ क्षेत्र रुसमा गाभिएकोबारे औपचारिक घोषणा कार्यक्रम सुरु हुनु अघि बाइडेनले यस्तो बताएका हुन् । 
 
क्रेमलिनले हालै सम्पन्न जनमत संग्रहमा युक्रेनका लुहान्स्क, दोनेत्स्क, जापोरिझझिया र खेर्सोनका वासिन्दाले रुसको भू–भागमा विलय हुने पक्षमा मतदान गरेको जनाएको छ । तर, युक्रेन र पश्चिमी जगतले यस मतदानलाई ‘बहानावाजी’ मात्र भएको भन्दै आलोचना गरेका छन् । ती भू–भाग कब्जा गरे वापत अमेरिकाले रुसमाथि नयाँ नाकावन्दी लगाउनेछ । 

बिहीबार पुटिनले जापोरिझझिया र खेर्सोन स्वतन्त्र भू–भागको मान्यता दिने दुईवटा घोषणा पत्रमा हस्ताक्षर गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ फागुन । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा राष्ट्रिय सभाको अध्यक्ष पद माओवादीले पाउनुपर्ने माग उठेको छ ।

काठमाडौँ, १५ फागुन । काठमाडौँ महानगरपालिकाले १ सय ४० जना महानगर भोलेन्टियर अर्थात शहरी स्वयमसेवकका लागि आवेदन खुलाएको छ ।

काठमाडौँ, १५ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघ (नेविसंघ)को विवाद मिलाउन निर्देशन दिएका छन् । आज

काठमाडौँ, १५ फागुन । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबिच