गठबन्धन संकट उन्मुखः कांग्रेस–माओवादीमा विद्रोहको ज्वार

उपेन्द्र केसी

देशमा अहिले नेपाली कांग्रेसको नेतृत्वमा बनेको परमादेशी सरकार छ । परमादेशी सरकारको नेतृत्व नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले गर्दै आएका छन् । अहिले समेत गरी पाँचौ पल्ट प्रधानमन्त्री भएका देउवा, अब छैठौ पल्ट प्रधानमन्त्री हुने कसरतमा छन् । त्यसोत ज्योतिषीले उनलाई सातौं पल्टसम्म प्रधानमन्त्री हुने भविष्यवाणी गरेका छन् । ज्योतिषीको भविष्यवाणीलाई पुरा गर्ने अभियानमा देउवा लागेका छन् । त्यसैले त उनी सबै छोडी गठबन्धनको खेलोमेलोमा लागेका छन् । उनलाई राम्रैसंग थाह छ, गठबन्धन गरेर निर्वाचनमा जाँदा मात्रै फेरी पनि प्रधानमन्त्री हुने मनोकामना पूरा हुनेछ । उनको जिन्दगीले ज्योतिषीको लय समाउने छ । उनलाई मात्रै होइन, सबैलाई थाह छ । देउवा देश विकास गर्न प्रधानमन्त्री हुन लागेको होइनन् । फेरी देउवा प्रधानमन्त्री भए भए पनि उनले देश विकास गर्देनन् भन्ने आरोप उनीमाथि त्यतिकै लगाएको होइन । यस अघि उनी प्रधानमन्त्री हुँदाको समयको रेकर्ड हेरे हुन्छ । उनी जहिले –जहिले प्रधानमन्त्री भए विर्गाने वाहेक मुलुकलाई सपार्ने काम कमै गरेको इतिहास छ । त्यसैले उनी ज्योतिषीको भविष्यवाणी पूरा गर्न मात्रै जीवनको यो उमेर फेरी पनि प्रधानमन्त्री हुन खुट्टा उचालेका हुन ।

परमादेशी सरकारले प्रातिनिधिसभा र प्रदेशको निर्वाचन मंसिर ४ गते गर्ने घोषणा गरिसकेको छ । घोषित मंसिर ४ को निर्वाचनमा गठबन्धन गरेरै निर्वाचन लड्ने गठबन्धनमा सहभागी दलहरुले निर्णय गरिसकेका छन् । गठबन्धन देउवा र माओवादीका अध्यक्ष प्रचण्डका लागि अपरिहार्य छ । देउवा र प्रचण्डलाई एक्ला– एक्लै निर्वाचन लड्ने कल्पना गर्दा समेत पसिना हुट्न सक्छ । गठबन्धन विनाको निर्वाचन उनीहरुले सोच्न पनि सक्दैनन् । एक्लै निर्वाचन लड्दा प्रधानमन्त्री पद दूरको सपना हुने भएकाले उनीहरुले सुत्दा उठ्दा पनि गठबन्धनकै मात्र कुरा गरिरहेका हुन् । विपरीत विचार र सिद्धान्त बोकेका यी दुई पार्टीका नेताहरुको गठजोड देखेर दुनियाँ हाँसिरहेको छ ।

यी दुई पार्टी बीचको गठबन्धनले दुनियाँलाई आश्चर्यमा पारेको छ । टाउँको काट्ने र काटिने बीचको यो गठजोड देउवा र प्रचण्डको नितान्त व्यक्तिगत स्वार्थको आँडमा अघि बढेको छ । देशको स्वार्थको त कुरै नगरौ, यो गठजोड पार्टी स्वार्थमा पनि टिकेको छैन । गठबन्धन गरेर निर्वाचनमा जाँदा कांग्रेस पार्टीलाई लाभ होइन । राजनीतिक र सागठानिक रुपमा हानी हुने कांग्रेसकै नेताहरुले वताइरहेका छन् । देशकै ठूलो पार्टी भएर पनि गठबन्धनको टेको विना हिड्ने त के कुरा उभिन पनि नसक्ने अवस्थामा पुगेको कांग्रेसीहरुले नै बताइरहेका छन् । देउवा आफैले कांग्रेस अरुको साहरा विना एक्लै चल्न –हिल्न सक्दैन भनिरहेका छन् । विपीले उठाएको कांग्रेसलाई देउवाले प्रचण्ड र माधबको काँध विना चल्नै नसक्ने बनाएका छन् । समयको यो छेउमा ल्याएर मन्त्री, मूख्यमन्त्री र प्रधानमन्त्रीको आशमा देउवाले कांग्रेसलाई कुँजो बनाएका छन् ।

गठबन्धन गरेरै निर्वाचनमा जाने निर्णयलाई कार्यान्वयनमा लैजान सहभागी दलहरु आन्तरिक र संयुक्त सिट बाँडफाडको कसरतमा जुटिरहेका छन् । कार्यदल बनाएरै लामो समयदेखि गठबन्धन सरकारमा सहभागी दलहरु सिट बाँडफाँडमा जुटेको भए पनि अहिले सम्म टुंगोमा पुग्न सकिरहेका छैनन् । कष्टकर मात्रै होइन, गठबन्धनमा सहभागि दलहरुका लागि सिट बाँडफाड झनपछि झन् जटिल बन्दै जान थालेको छ । सिट वाँडफाँडमा देखिएको दहरुबीचको असन्तुष्टि आन्तरिक रुपमा नै दलका नेताहरुले सार्वजनिक गर्न थालेका छन् । गठबन्धनका मूख्य राजनीतिक दलका नेताहरुले आन्तरिक रुपमा असन्तुष्टि पोखेसंग निर्वाचनमा एमाले विरुद्ध गरिएको गठबन्धन प्रभावकारी हुन नसक्ने संकेतहरु देखिन थालेका छन् उता, माओवादीमा पनि प्रचण्डले आफ्नो स्वार्थको लागि विचार र सिद्धान्त विहीन पार्टीलाई बनाउँदै लगेको भन्दै विद्रोह शूरु हुन थालेको छ । गठबन्धनको निर्णयलाई चुनौती दिँदै माओवादी केन्द्रका पोलिटब्यूरो सदस्यसहित धनकुटाका सवै नेता–कार्यकर्ताले बिद्रोह गरेका छन् ।

आफू र आफ्ना नातेदारलाई चुनाव जित्ताउन प्रचण्डले धनकुटा पूर्वपञ्च सूर्यबहादुर थापाका छोरा सुनिल थापाका लागि छाडने सहमति गरेपछि धनकुटा माओवादीले बिद्रोह गरेको हो । प्रचण्डको निर्णयलाई चुनौती दिई गठबन्धनको सीट बाँडफाँटमा असहमति जनाउँदै धनकुटाका माओवादी नेताहरुले सामूहिक राजीनामा दिई स्वतन्त्र उम्मेदवारको पक्षमा लाग्ने यसबीच घोषणा समेत गरिसकेका छन् । गठबन्धनको विरुद्ध धनकुटाबाट शूरु भएको यो विद्रोहको आगो अरु जिल्लाहरुमा पनि निभाउनै नसकिने गरी सल्किने निश्चित छ । पार्टीमा प्रचण्डले जे गरेपनि अरुले टुलुटुलु हेरेर मात्रै बस्दैनन भन्ने कुरा धनकुटामा देखिएको छ ।

उता, कांग्रेसमा पनि देउवाले प्रचण्ड –माधबलाई अंगालो हालेर आफूहरुलाई पेलेको भन्दै शेखर समूहलृे देउवालाई चुनौति दिएका छन् । देउवाको यही रबैया रहे , उनलाई ७७ जिल्लामा विद्रोही उठाएर देखाइदिने भन्दै विरोधमा उत्रिएका छन् । स्थानीय निकायको निर्वाचनमा गठबन्धन गरेर जाँदा राजनीतिक लाभ भएको निष्कर्ष देउवा– प्रचण्ड दुवैमा छ । त्यसैले पनि उनीहरु प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा पनि गठबन्धन गरेर जान हौसिएका हुन् । परिणाम स्थानीय निकायको निर्वाचनमा जस्तै आउने कुरामा थोरै आशावादी पनि होलान् । तर, स्थानीय निकाय र प्रतिनिधिसभाको निर्वाचनको परिणाम उस्तै आउँछ भन्ने सोच्नु भुल हुनेछ । त्यसमा पनि यस पटक कांग्रेस –माओवादीका नेताहरुले आ–आफ्नै पार्टी भित्रबाट हुने चुनौतिको सामना गर्न निकै कठिन हुने संकेतहरु अहिले नै देखिएको छ । देशका जुनसूकै क्षेत्रमा पनि आफूले वा आफ्नो पार्टीको उम्मेदवारका आंकाक्षीहरुले टिकट पाएनन भने,उनीहरु स्वभाविक रुपमा आक्रोशित हुनेछन । मन भित्र आक्रोशको ज्वारभटा लिएर अर्को दलको उम्मेदवारलाई बोक्दै मत माग्न उनीहरु गाउँघर डुल्ने कुरा त्यति सहज हुँदैन् । न त अर्को पार्टीको चुनाव चिन्ह्रमा भोट माग्न नै सजिलो हुन्छ । त्यसमाथि पनि आफ्नो पार्टीको चुनाव चिन्ह्र छोडेर अर्को पार्टीको चिन्हूमा भोट राख्ने कुरा जो कोहीका लागि पनि कठिन नै हुनेछ ।

भक्तपुर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

‘ऋण असुली पनि तीव्र’ काठमाडौँ, ८ असार । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र आइडियल यमुना सहकारीका साना बचतकर्ताको

काठमाडौँ, ८ असार । नेकपा (एमालेका) उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरण विभागले पक्राउ गरेको हो । पौडेललाई

काठमाडौँ, ८ असार । आज सेयर बजार १.४६ अंक घटेको छ । नेप्से परिसूचक २७०० अंकमा कायम भएको छ ।

काठमाडौँ, ८ असार ।जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीलाई भव्य रूपमा मनाउने उद्देश्यसहित नेकपा (एमाले) निकट २४ वटा जनसंगठनहरूको आज काठमाडौँमा