काठमाडौँ, १२ असोज । माल्दिभ्समा चलिरहेको साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले पहिलो जित हासिल गरेको छ ।
मालेमा गएराति भएको खेलमा श्रीलङ्कालाई हराउँदै नेपालले पहिलो जित हासिल गरेको हो । नेपालले श्रीलङ्कामाथि ५५–४९ को जित निकालेको हो । अब नेपालले तेस्रो तथा अन्तिम खेलमा आज भुटानसँग खेल्नेछ।




