नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल आज

काठमाडौँ, ११ असोज । नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल आज हुँदैछ । खेल बेलुका साढे पाँच बजे काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा सुरु हुनेछ ।

यो खेलमा नेपालको कप्तानी गोलकिपर किरण लिम्बुले गर्नेछन् ।  खेलअघि हिजो भएको पत्रकार सम्मेलनमा राष्ट्रिय टिमका कार्यकारी प्रशिक्षक प्रदीप हुमागाईंले नेपालको कप्तानी किरणले गर्ने जानकारी दिए । यस अघि कुवेतमा भएको एएफसी एसियन कप छनोटको तेस्रो चरणमा नेपालको कप्तानी नवयुग श्रेष्ठले गरेका थिए । तत्कालीन मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँगको विवादको कारण किरण टोलीमा थिएनन् ।

किरण बंगलादेशसँगको खेलबाट टोलीमा फर्किएका हुन् । एन्फाले आजको खेलमा समान्यतर्फ ५ सय र भीआईपीतर्फ १ हजार रुपैयाँ टिकट मूल्य तोकेको छ । सीमित ८० सिटका लागि भने ५ हजार रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

काठमाडौँ, १३ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दुई मुख्य कार्यभार र १५ कामलाई कार्यान्वनका लागि सबै नेता

काठमाडौँ, १३ असोज । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालित शैक्षिक कार्यक्रमबारे सार्वजनिक बहस–तथ्य, कानुन र प्रमाणमा आधारित हुनुपर्ने इन्टरनेशनल एजुकेशन

काठमाडौँ, १३ असोज । धितोपत्र बजार परिसूचक नेप्सेमा मंगलबार पनि गिरावट आएको छ । सोमबार १६ अंकले घटेको नेप्से आज पुनः