नेपालमा ५५ मुलुकको सवा २ खर्ब प्रत्यक्ष वैदेशिक लगानी

काठमाडौँ, २९ भदौ । नेपालमा हालसम्म ५५ मुलुकको सवा २ खर्ब रुपैयाँबराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) रहेको छ। नेपाल राष्ट्र बैंकले गरेको वैदेशिक लगानी सम्बन्धी एक अध्ययनअनुसार गत असार मसान्तसम्ममा नेपालमा ५५ देशको २ खर्ब २७ अर्व ९५ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ।

राष्ट्र बैंकका अनुसार भारतबाट सबैभन्दा बढी अर्थात् ७५ अर्ब ८१ करोड लगानी भएको छ भने दोस्रोमा रहेको चीनबाट ३३ अर्ब लगानी रहेको अध्ययनमा उल्लेख छ। पछिल्ला वर्षहरुमा आवधिक लगानीमा चीन अगाडि रहे पनि समग्रमा भने भारत निकै माथि रहेको छ। भारत र चीनपछि आयरल्याण्डबाट १६ अर्ब ४८ करोड, सिंगापुरबाट १५ अर्ब ४८ करोड र सेन्ट किट्स एण्ड नेभिसबाट १४ अर्ब ५१ करोड प्रत्यक्ष वैदेशिक लगानी रहेको राष्ट्र बैंकले जनाएको छ। वैदेशिक लगानीको मौज्दात अघिल्लो वर्षको तुलनामा १४.८ प्रतिशतले वृद्धि भएको छ। यस्तै, नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ६०.५ प्रतिशत औद्योगिक क्षेत्रमा र ३९.४ प्रतिशत सेवा क्षेत्रमा रहेको देखिन्छ।

औद्योगिक क्षेत्रअन्र्तगत जलविद्युत् क्षेत्रमा ३०.८ प्रतिशत र उत्पादन क्षेत्रमा २९.५ प्रतिशत वैदेशिक लगानी रहेको देखिन्छ । यसैगरी, कल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २६.९ प्रतिशत सेवा क्षेत्रअन्र्तगत बैंक तथा वित्तीय संस्थारविमा कम्पनीहरूमा रहेको छ । यो समाचार कारोबार दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ चैत । आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौैँमा हुने सगरमाथा संवाद कार्यक्रमको तयारीका लागि प्रधानमन्त्री केपी शर्मा

काठमाडौँ, ६ चैत । प्रतिनिधिसभाको आजको बैठकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’

काठमाडौँ, ६ चैत । २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रासहित सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–१ का ४३ वर्षीय फुच्चे भनिने कुसाङ लामा

काठमाडौँ, ६ चैत । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काकाका लागि नेपालका नवनियुक्त आवासीय राजदूत पूर्णबहादुर नेपालीले पद तथा