ज्यानभन्दा ठूलो भीआईपीको सवारी हुँदैन : निश्चल बस्नेत

काठमाडौँ, २८ भदौ । भीआईपीको सवारीका कारण आज भएको राजधानीमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेपछि फिल्म निर्देशक निश्चल बस्नेतले  ट्राफिकले एम्बुलेन्सलाई रोक्नु गलत भएको बताएका छन् ।

सामाजिक संजाल फेसबुकमा स्टेटस लेख्दै उनले ज्यानभन्दा ठूलो सवारी कुनै भीआईपीको नहुने बताउदै विरोध गरेका छन् । उनी लेख्छन्, ‘कसैले ती भीआईपीलाई सुनाइदिनु । तिम्रो सवारीमा बाधा नपुगोस् भनेर हाम्रा भीआईपीहरुले एम्बुलेन्सभित्र छटपटाइरहेको ज्यान समेत दाउमा राखेका छन् । जति नै ठूलो मान्छे आए पनि ट्राफिकले एम्बुलेन्सलाई रोकिन दिनुभएन, ज्यानभन्दा ठूलो सवारी कुनै भीआईपीको हुनु हुँदैन ।’

चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सु यतिबेला चारदिने नेपाल भ्रमणमा छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ चैत । काठमाडौँ उपत्यकामा बिहीबारबाट फेरि प्रदूषण बढेको छ । वातावरण विभागका आनुसार, बिहीबार बिहान ११ः३० बजे शंखपार्कको वायुको

काठमाडौँ, ७ चैत । व्यक्ति हत्याको कसुरमा दोषी ठहर भएर २० वर्ष कैद सजाय सुनाइएका एक जना व्यक्ति २० वर्षपछि पक्राउ

काठमाडौँ, ७ चैत । सिन्धुपाल्चोकमा ठूलो परिमाणमा विद्युतीय चुरोट (भेप) प्रहरीले बरामद गरेको छ । गएराति चीनको तातोपानी नाका हुँदै

काठमाडौँ, ७ चैत । सिन्धुलीमा नुहाउने क्रममा खोलामा डुबेर एक किशोरीको मृत्यु भएको छ । वाग्मती प्रदेश प्रहरी कार्यालयका अनुसार