एनआईसी एशिया बैंकको भिडियो केवाईसी सेवा सुरु

काठमाडौँ, २७ भदौ । एनआईसी एशिया बैंकले ग्राहक पहिचानसम्बन्धी विवरण संकलन तथा अद्यावधिक गर्न भिडियो केवाइसी सेवाको सुरुवात गरेको छ । बैंकले स्वदेश तथा विदेशमा रहेका ग्राहकलाई भिडियो कलको माध्यमबाट अनलाइन खाता खोल्ने र ग्राहक पहिचान विवरण सहज रूपमा प्रदान गर्न सकिने व्यवस्था गरेको हो ।

बैंकको वेबसाइटमा गई अनलाइनमार्फत खाता खोल्दा ग्राहकहरुलाई केवाइसी विवरण सम्बन्धमा दुई विकल्प राखिएको छ । जसमा ग्राहकले आफ्नो केवाइसी आफूलाई पायक पर्ने शाखामा गई उपलब्ध गराउने वा सम्बन्धित बैंक कर्मचारीसँग भिडियो कल गरी उक्त कलमार्फत केवाइसी विवरण अद्यावधिक गर्ने भन्ने विकल्प दिइएको छ ।

भी–केवाइसीमार्फत आफ्नो केवाइसी जानकारी सम्बन्धित बैंकलाई उपलब्ध गराउने हो भने ग्राहकहरुले आफ्नो अनुकूल समयअनुसार सम्बन्धित बैंकका कर्मचारीलाई बैंकको कार्यालय समयमा सम्पर्क गरी भिडियो कलमार्फत आफ्नो केवाईसी विवरण बैंकलाई उपलब्ध गराउन सक्नेछन् वा बैंकिङ्ग समयमा भी–केवाईसी को भिडियो कलको लागि अपोइन्टमेन्ट बुक गरी सो समयमा केवाईसी विवरण अद्यावधिक गर्नुपर्ने छ ।

ग्राहकले भिडियो केवाईसीको लागि कल गर्दा आफ्नो पहिचान खुल्ने कुनै एक पहिचान पत्र (नागरिकता/पासपोर्ट/ड्राइभिङ लाइसेन्स/भोटर कार्ड) तथा सेतो कागज र कालो र निलो मसी भएको पेन आफूसँग राखि बैंक कर्मचारीले माग गरे बमोजिमका विवरण तथा कागजात उक्त भिडियो कलमार्फत देखाउनु पर्नेछ । हाल बैंकले ३५९ शाखा कार्यालयहरू, ४७३ एटीएम, १०२ वटा विस्तारित काउन्टर र ८१ वटा शाखारहित बैंकिङ्गमार्फत सेवा दिँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ चैत । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाहले संविधान विपरीत काम गरेकाले कारबाही गर्न माग गरेका

काठमाडौँ, ७ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव दिन सार्वजनिक अनुरोध गरेको छ ।  आर्थिक

काठमाडौँ, ७ चैत । प्रतिनिधि सभाको बैठक ११ बजेदेखि सुरु भएको छ । प्रत्यक्ष प्रसारण (LIVE)

काठमाडौँ, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुुभएका माल्दोभाका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री मिहेल पोप्सोइले आज शिष्टाचार भेट