एसिया कपको उपाधि श्रीलंकाले जित्यो

काठमाडौँ, २७ भदौ । एसिया कप क्रिकेटको उपाधि श्रीलंकाले जितेको छ ।

आइतबार राति भएको फाइनलमा पाकिस्तानलाई २३ रनले पन्छाउँदै श्रीलंकाले एसिया कप ट्वान्टी–२० को उपाधि हात पारेको हो । 

दुबई अन्तर्राट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङमा उत्रिएको श्रीलंकाले निर्धारित ओभरमा ६ विकेट गुमाएर १७० रन बनायो । उसका लागि भानुका राजपाक्षेले अविजित रहँदै ७१ रनको अर्धशतकीय इनिङ खेले । 

पाकिस्तानमाथिको जितसँगै श्रीलंका छैटौं पटक एसिया कपको उपाधि जित्न सफल भएको छ । त्यसअघि सन् २०१४ मा बंगलादेशमा भएको एसिया कपमा श्रीलंकाले पाकिस्तानलाई नै हराएर उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

काठमाडौँ, १३ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दुई मुख्य कार्यभार र १५ कामलाई कार्यान्वनका लागि सबै नेता

काठमाडौँ, १३ असोज । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालित शैक्षिक कार्यक्रमबारे सार्वजनिक बहस–तथ्य, कानुन र प्रमाणमा आधारित हुनुपर्ने इन्टरनेशनल एजुकेशन

काठमाडौँ, १३ असोज । धितोपत्र बजार परिसूचक नेप्सेमा मंगलबार पनि गिरावट आएको छ । सोमबार १६ अंकले घटेको नेप्से आज पुनः