सामाजिक सुरक्षा कोष : ५ सय श्रमिकले लिए ९ करोड ५० लाख रुपैयाँ सापटी

काठमाडौँ, २७ भदौ । सामाजिक सुरक्षा कोषअन्तर्गत योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा योगदान गर्ने श्रमिकले कोषबाट ९ करोड ५० लाख रुपैयाँ विशेष सापटी लिएका छन् । कोषले यही भदौबाट सुरु गरेको सापटी योजनाअन्तर्गत ३ सातामा ५ सय श्रमिकले निवेदन दिएकोमा बिहीबारसम्म ५ सय श्रमिकलाई ९ करोड ५० लाख रुपैयाँ भुक्तानी दिएको छ।

सामाजिक सुरक्षा योजनामा नियमित योगदान गर्ने श्रमिक तथा कर्मचारीले घर, शैक्षिक, सामाजिक कार्य र विशेष सापटी गरी ४ वटा सुविधा लिन सक्ने भए पनि विशेष सापटीको प्रक्रिया छिटो हुने भएकाले धेरै श्रमिकले यो सुविधा लिएको कोषका सहप्रवक्ता रोहित रेग्मीले बताए । सरकारले सामाजिक सुरक्षा योजनामा योगदान गर्ने श्रमिकका लागि योगदानकर्ता सापटी निर्देशिका जारी गरेपछि सापटी योजना भदौ १ बाट सुरु गरिएको थियो। कोषले सापटी योजना अन्तर्गत घर सापटी, शैक्षिक सापटी, सामाजिक कार्य सापटी र विशेष सापटी योजना सुरु गरेको छ । यो ४ वटा योजना श्रमिकले जम्मा गरेको रकमको ८० प्रतिशत सापटी पाउने योजना हुन्। यो समाचार आजको कारोबार दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ चैत । काठमाडौँ उपत्यकामा बिहीबारबाट फेरि प्रदूषण बढेको छ । वातावरण विभागका आनुसार, बिहीबार बिहान ११ः३० बजे शंखपार्कको वायुको

काठमाडौँ, ७ चैत । व्यक्ति हत्याको कसुरमा दोषी ठहर भएर २० वर्ष कैद सजाय सुनाइएका एक जना व्यक्ति २० वर्षपछि पक्राउ

काठमाडौँ, ७ चैत । सिन्धुपाल्चोकमा ठूलो परिमाणमा विद्युतीय चुरोट (भेप) प्रहरीले बरामद गरेको छ । गएराति चीनको तातोपानी नाका हुँदै

काठमाडौँ, ७ चैत । सिन्धुलीमा नुहाउने क्रममा खोलामा डुबेर एक किशोरीको मृत्यु भएको छ । वाग्मती प्रदेश प्रहरी कार्यालयका अनुसार