काठमाडौँ, २६ भदौ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ११.४६ अंकले घटेर १९२६.२८ अंकमा झर्दा कारोबार रकम भने ७४ करोड ७२ लाख रुपैयाँमा खुम्चिन पुगेको छ ।
आज कुल २५ लाख २४ हजार २२४ कित्ता सेयर २० हजार भन्दा बढी पटक किनबेच हुँदा कुल ७४ करोड ७२ लाख २६ हजार ६२५ रुपैयाँको मात्र कारोबार भएको हो । आज अन्य समूहको उपसूचक बाहेक १२ वटा उपसूचक ऋणात्मक भएका छन् ।
हाइड्रोपावर समूहको उपसूचक १.५५ प्रतिशतले घटेको छ भने आज डेभलपमेन्ट बैंकको उपसूचक १.५३ प्रतिशतले, होटल तथा पर्यटन १.४१ प्रतिशतले, फाइनान्स १.३७ प्रतिशतले र इनभेष्टमेन्ट समूहको उपसूचक १.०८ प्रतिशतले घटेको छ ।