४१ प्रतिशत जनसङ्ख्यामा बीमाको पहुँच

काठमाडौँ, २६ भदौ । चालू आर्थिक वर्ष (आव) २०७९/८० को साउनसम्ममा ४१ प्रतिशत जनसङ्ख्यामा बीमाको पहुँच पुगेको छ । सर्वसाधारणमा बीमाप्रति बढेको आकर्षण, कम्पनीहरूको सेवा विस्तार र नयाँ योजनाका कारण पहुँच बढेको बीमा समितिले जानकारी दिएको छ।

समितिले प्रकाशित गरेको तथ्यांकअनुसार २०७९ साउन मसान्तसम्ममा कुल जनसङ्ख्याको ४१ दशमलव १५ प्रतिशत बीमाको दायरामा समेटिएको छ । २०७८ साउनको तुलनामा बीमाको पहुँच १३ दशमलव ६४ प्रतिशत बिन्दुले वृद्धि भएको हो। २०७८ साउनसम्ममा बीमाको पहुँच २७ दशमलव ५१ प्रतिशत जनतामा थियो। समितिले बीमा कम्पनीहरूले जारी गरेका म्यादी, लघु म्यादी र वैदेशिक रोजगार बीमालेखसहितको तथ्याङ्कका आधारमा बीमा पहुँचको अवस्था सार्वजनिक गरेको हो । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ चैत । आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौैँमा हुने सगरमाथा संवाद कार्यक्रमको तयारीका लागि प्रधानमन्त्री केपी शर्मा

काठमाडौँ, ६ चैत । प्रतिनिधिसभाको आजको बैठकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’

काठमाडौँ, ६ चैत । २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रासहित सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–१ का ४३ वर्षीय फुच्चे भनिने कुसाङ लामा

काठमाडौँ, ६ चैत । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काकाका लागि नेपालका नवनियुक्त आवासीय राजदूत पूर्णबहादुर नेपालीले पद तथा