एजेन्सी, २५ भदौ । बेलायती महाराज चार्ल्स तृतीयले राष्ट्रको नाममा पहिलो सम्बाेधन गरेका छन ।
आफ्नी आमा महारानी एलिजाबेथ द्वितीयको निधनपछि राजा बनेका चार्ल्सले पहिलो पटक राष्ट्रको नाममा सम्बाेधन गरेका हुन ।
चार्ल्स तृतीयले म आज तपाईँहरूसँग गहिरो दुःखको भावनाका साथ कुरा गर्छु भन्दै सम्बोधन सुरु गरेर आफ्नी आमालाई श्रद्धाञ्जली अर्पण गर्दै अन्त्य गर्नुभएको बीबीसीले जनाएको छ ।
उनले आफ्नो परिवार र देशहरुप्रति दिएको माया, समर्पण र लगनशीताका साथ गरेको सेवाको लागि आमाप्रति कृतज्ञता व्यक्त गरेका छन ।