मेरिल्याण्डमा गोली प्रहारबाट पाँचजनाको मृत्यु

वासिङ्टन, २५ भदौ । संयुक्त राज्य अमेरिकाको मेरिल्याण्ड राज्यको सेसिल काउन्टीको एक घरमा शुक्रबार पाँचजना मृत अवस्थामा फेला परेका छन् । मृतकहरूमा दुई बयस्क र तीन बालबालिका छन् ।

सेसिल काउन्टी शेरिफको कार्यालयले विज्ञप्तिमा जनाएअनुसार एक पुरुषले बिहान ९११ मा फोन गरी तीन बालबालिका र एक महिलालाई गोली लागेर मृत्यु भएको जानकारी दिएका थिए ।

सो जानकारीपछि सुरक्षा अधिकारीहरू घटनास्थलमा प्रवेश गर्दा मृतकहरूको शव विभिन्न स्थानमा फेला पारेका थिए । “यो हाम्रो काउन्टी र हाम्रो समुदायको लागि दुःखद र भयानक दिन हो,” सेसिल काउन्टी शेरिफ स्कट एडम्सले शुक्रबार दिउँसो पत्रकारहरूसँग भनेका छन् । 

घटनाबारे अनुसन्धान गरिरहेको अधिकारीहरूले बताएका छन् ।  रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ चैत । आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौैँमा हुने सगरमाथा संवाद कार्यक्रमको तयारीका लागि प्रधानमन्त्री केपी शर्मा

काठमाडौँ, ६ चैत । प्रतिनिधिसभाको आजको बैठकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’

काठमाडौँ, ६ चैत । २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रासहित सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–१ का ४३ वर्षीय फुच्चे भनिने कुसाङ लामा

काठमाडौँ, ६ चैत । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काकाका लागि नेपालका नवनियुक्त आवासीय राजदूत पूर्णबहादुर नेपालीले पद तथा