‘महेश बस्नेतलाई गाली गर्नेहरुको नाममा’

मुख्यत महेश बस्नेतले बालेन्द्र शाहको नेतृत्वमा काठमाडौँ नगरपालीकाले नक्सा बिपरित भनेर भवन भत्काउने कार्यमा टिप्पणी गरेपछि उनी विवादमा मुसिएका हुन । चुनावको मुखमै यस्तो विवादमा आउदाँ उनको लागि निकै घाटाको विषय बन्छ भन्ने थाहा हुदाँ हुदैँ पनि किन महेश बस्नेतले यस्तो टिप्पणी गरे होलान भन्ने कुराको चिरफार आवश्यक छ । पहिलो कुरो महेश बस्नेतले गरेको कुरा गलत होइन । उनले २ वटा कुरा गरे ।

१) काठमाडौँ नगरले किन भौतिक संरचना भत्कायो ? कानुन बिपरित भए, ठिक छ । कानुन संगत रहेछ भने पिडित पक्षले कानूनी उपचार खोज्ने नै छ । यसमा गलत के छ ? बोल्ने हक बालेन र उसका समर्थकको मात्र होइन, सबैको हो ।

२) अल्फाबिटाको भवनका व्यवस्थापकसगँ महेश बस्नेतको फोटो हालेर सामाजिक संजालमा अनेकौँ टिप्पणी भएका थिए । उनले भने, कानून सगंत काम गरे ठिक छ तर कुनै राजनितिक दल वा नेतासगँ निकट छ भन्ने राजनैतिक कुन्ठा राखेर यस्तो भएको हो भने यो गलत हो । यस्तो रहेछ भने, राजनितिक दल चुप लाग्दैन, यस्तो सन्कि व्यहोराको प्रतिवाद गर्छौँ । एउटा जिम्मेवार दलको नेताले बोल्ने यहि हो । त्यसैले महेश बस्नेतले बोलेका कुरा गलत होइनन् । अब कुरा गरौँ उनको शैलीको । महेश बस्नेतको शैली सधैँ झै आक्रामक शैली नै हो । यो शैली विकास हुनुको पछि उनको लामो इतिहास छ । गणतन्त्र घोषणा भएसगैँ वाईसीएल (YCL)को आतङ्क बिरुद्द यूथ फ़ोर्स बनाएर ज्यान बाजि राखेर लडेका नेता हुन । अहिले नेकपा एमालेका युवा सघंको केन्द्रिय इन्चार्ज, लाखौँ युवा कार्यकर्ताको लिडर हुन ।

यस्तो पृष्ठभुमि बोकेको मान्छेको शैली आक्रामक नै हुन्छ । भोली यस्ता शैली अन्य दलका युवा नेता (दिपशिखा, जित जङ्ग बस्नेत)हरुबाट आयो भने पनि नौलो कुरा हुदैन । यी नेताहरुको राजनैतिक पृष्ठभूमी नै आक्रामक छ, शैली त्यहि अनुरुप आक्रामक भयो । शैली भन्ने कुरा सधैँ Comparative हुन्छ । गोकुल बास्कोटा, के पी ओली, राम नारायण बिडारी, गगन थापा सबैको छुट्टै शैली छ, सबैलाई सबैको शैली मन पर्नुपर्छ भन्ने छैन । कसैको शैली बौद्दिक छ, कसैको आक्रामक, यसलाई व्यक्तिको चरित्रप्रति धारणा बनाउने आधार बनाउनु गलत हुन्छ ।

शैलीलाई नै मान्छे मापन गर्न आधार बनाउने हो भने बालेन्द्र शाहको अल्फाबिटाका व्यवस्थापक प्रतिको शैली स्विकार्य छ त ? आज बालेन्द्रसगँ Mass sentiment छ र उसको त्यो शैलीको देवत्वकरण भयो, महेश बस्नेतलाई बालेनको देवत्वकरण गर्न नै दानवत्वकरण गरियो । होइन भने महेश बस्नेतले गरेको कुरा कहाँ गलत छ, प्रस्टाउन पर्यो । आफ्नो निर्वाचन क्षेत्रमा काम पनि गरेको नेता, कुरा पनि जाएज नै उठाएको हो । यस्तो अवस्थामा उनलाई नियोजित दानवत्वकरण गर्नु Political stunt हो, यसमा कार्यकर्ता स्तरको Moral गिर्नु आवश्यक छैन, उच्च मनोबलका साथ निर्वाचन केन्द्रित कार्यक्रममा लागे हुन्छ ।

सामाजिक संजालमा अनावश्यक प्रतिरक्षा पनि आवश्यक छैन, अहिले Mass sentiment बालेन्द्र तिर छ, उसका काममा सकारात्मक टिप्पणी गर्नेपनि अहिले झोले, विकास बिरोधि, राष्ट्रघाति जस्ता नामबाट नामाकरण हुन्छन, यस्तो अनावश्यक loop मा पस्ने काम नगरौँ । अहिले महेश बस्नेत दिन दिनै आक्रामक भाषण सुन्न सकिन्छ । यो कार्यकर्ताको मनोबल उच्च राख्न नेताले बोल्ने सामान्य राजनिति हो । अहिले महेश बस्नेत कमजोर देखिए भने यसको सिधा असर निर्वाचनमा पर्छ, त्यसैले उनको अझै आक्रामक भाषण आउनुमा नौलो कुरा हुनेछैन ।

निष्कर्षमा, महेश बस्नेतले गरेका कुरा न गलत छन, न उनको आक्राकम शैली । यसमा भक्तपुरका जनता उत्तेजित भएर व्यक्तिको चरित्र हत्या हुने काम गर्नु पनि अनावश्यक हो, कार्यकर्ता दुखि हुनु पनि अनावश्यक हो । राम्रो समाज निर्माण गर्ने हो भने भावनात्मक कुराबाट माथी उठेर बिश्लेषण गर्नुपर्छ । क्षमता अनुरुपको आफ्नो बिश्लेषण ।

सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

झापा, ११ कार्तिक । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित माईधार चोक नजिकै आज बिहान रात्रिबस दुर्घटना हुँदा १९ जना यात्रु घाइते

काठमाडौँ, ११ कार्तिक । छठपर्व आज समापन गरिएको छ । शनिबारदेखि सुरु भएको छठपर्व आज बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि समापन

काठमाडौँ, ११ कार्तिक । आज २०८२ साल कात्तिक ११ गते मंगलबार। कात्तिक शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ अक्टोबर २८

दार्चुला, १० कार्तिक । दार्चुलामा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो १२ बजे महाकाली नगरपालिका–४ बांगाबगरका