पुस्तकप्रति रूचि नहुँदा अनुसन्धान कमजोर : शिक्षामन्त्री

काठमाडौँ, १५ भदौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पुस्तकप्रति नयाँ पुस्तामा रूचि कम हुँदा अध्ययन अनुसन्धानको क्षेत्र कमजोर भएको बताएका छन् । पन्ध्रौँ पुस्तकालय दिवसका अवसरमा मूल समारोह समितिले आज आयोजना गरेको कार्यक्रममा उनले नयाँ पुस्तामा पुस्तक एवं पत्रपत्रिका पढ्ने चलन हराउँदै गएको र मोबाइलमा आउने शीर्षक हेरेर धारणा बनाई हिँड्ने चलन सुरु भएको उल्लेख गरे ।

“लेखकले लेखेको कविता, उपन्यास र कथा पढ्ने क्रम पछिल्लो पुस्तामा हराउँदै गयो”, उनले भने, “त्यसले सामाजिक समवेदना र जिम्मेवारीबोध, संस्कार र संस्कृति हराउँदै गयो ।” उनले आधुनिकीकरणका नाममा संस्कार र संस्कृति भुल्ने, पुस्तकहरु पढ्ने, धारणा बनाउने जस्ता क्रियाकलापहरु कमजोर हुँदै गएको बताए ।

यस वर्ष ‘पढौँ, पढाऔँ, निरन्तर शिक्षाका लागि पुस्तकालय जाऊँ’ भन्ने नाराका साथ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले १५औँ पुस्तकालय दिवस मनाएको छ । समारोहमा पुस्तकालय तथा सूचना विज्ञान क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप व्यक्ति वा संस्थालाई सम्मान, सामाजिक तथा रचनात्मक क्रियाकलाप उपसमितिद्वारा सञ्चालित निबन्ध प्रतियोगिताका विजयी व्यक्तिहरूलाई प्रशंसापत्र वितरण तथा स्मारिका विमोचन गरिएको थियो ।

मूल समारोह समितिले मुलुकका सबै विश्वविद्यालयहरू, प्रदेशका सामाजिक विकास मन्त्रालयहरू, शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्पmत ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइहरू, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सात सय ५३ वटै स्थानीय निकायहरू, गाउँपालिका महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ, एवं पुस्तकालयको विकास र विस्तारमा संलग्न सबै गैरसरकारी सङ्घसंस्थाहरूमा समेत विविध रचनात्मक कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ कार्तिक । सुर्खेतमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मृत्यु

काठमाडौँ, १२ कार्तिक । सिरहाको नवराजपुर गाउँपालिका–५ झाझपट्टीस्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले १५२ किलोभन्दा बढी लागुऔषध गाँजा बरामद गरेको छ। नेपालबाट

काठमाडौँ, १२ कार्तिक । सिरहाको मार्डरमा हवाई फायर गरेर प्रहरीले दुई जना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । लागुऔषध

काठमाडौँ, १२ कार्तिक । कैलालीमा प्रहरीले लागुऔषधसहित एकैदिन आठ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार धनगढी र भजनीबाट बुधबार