ट्रम्पले दायर गरे न्याय विभागविरुद्ध मुद्दा

एजेन्सी, ७ भदौ । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले मार–ए–लागो भवनमा भएको छापालाई लिएर न्याय विभागविरुद्ध मुद्दा दायर गरेका छन् ।

उनको मार–ए–लागोको घरबाट जफत गरिएका फाइलहरूसम्बन्धी न्याय विभागको अनुसन्धान रोक्न उनले न्यायाधीशलाई आग्रह गरेका हुन् । ट्रम्पको कानुनी टोलीले यही महिनाको सुरुमा एफबीआई एजेन्टहरूले नियन्त्रणमा लिएका कागजातहरूको निरीक्षण गर्न एक स्वतन्त्र वकिल नियुक्त गर्न आग्रह गरेका छन् ।

एफबीआईका अनुसार अगस्ट ८ मा ट्रम्पको फ्लोरिडास्थित घरबाट ‘११ सेट क्लासिफाइड फाइल’ लगिएको बेलायती समाचार संस्था बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ फागुन । नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनमा एक्लै निर्वाचन लड्ने भएको छ ।   आज सम्पन्न सो पार्टीको

सुर्खेत, १६ फागुन । मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेशलाई पछि पारिएको भन्दै क्षतिपूर्तिसहितको विकास चाहिएको बताएका छन् । सुर्खेतमा आयोजित

काठमाडौँ, १६ फागुन । राष्ट्रिय सभा अध्यक्ष आफूले पाउनेमा ढुक्क रहेको कांग्रेस मंगलबार माओवादीबाट समेत दाबी गरिएपछि झस्किएको छ । माओवादीको

कवासोती, १६ फागुन । नेकपा एकीकृत समाजवादी पार्टी नवलपुरका जिल्ला अध्यक्षको टोली नेकपा एमालेमा प्रवेश गरेका छन् । उनीलाई नेकपा