ट्राफिक प्रहरीको विद्यार्थी लक्षित कार्यक्रम

काठमाडौँ, ४ भदौ । उपत्यकाको सडक दुर्घटनामा दुईपांग्रे (मोटरसाइकल र स्कुटर) को स्थान बढ्दै गएपछि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विद्यार्थी लक्षित कार्यक्रमलाई प्राथमिकता दिएको छ ।

कार्यालयले झन्डै साता दिनदेखि निरन्तर सडकमा हिँड्ने विद्यार्थीलाई लक्षित गर्दै ट्राफिक चेकजाँचलाई बढाएको छ । कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा उपत्यकामा भएका करिब १० हजार ७ सय ३३ सडक दुर्घटनामा ८ हजार ३ सय ६४ घटना दुईपांग्रे थिए । उपत्यकाकै तीन जिल्लामा सडक दुर्घटनाबाट मृत्यु भएका १ सय ९१ जनामध्ये १ सय १७ जना दुईपांग्रेकै दुर्घटनाबाट भएका थिए ।

यी १ सय १७ मध्ये ५८ जना दुई पांग्रेको ठक्करबाट मृत्यु भएका पैदलयात्रु हुन् । यसरी दुर्घटनामा पर्नेहरूमा ज्यादातर १७ देखि ३५ वर्ष उमेर समूहका रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्यांकले देखाउँछ। त्यसमा पनि बढी जसो विद्यार्थी नै रहेको कार्यालयको अनुभव छ । यही अनुभवका आधारमा ट्राफिक कार्यालयले विद्यार्थी लक्षित सडक सुरक्षा योजना सुरु गरेको हो । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० भदौ ।  रसुवाका बाढी प्रभावितका लागि सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हाल रु

काठमाडौँ, २० भदौ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सहित सहसचिव र उपसचिव तहका कर्मचारीको सरुवा गरेको छ

काठमाडौँ, २० भदौ । सन् २०२६ को अगस्टमा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्यामा कमी आएको छ । ०२५ अगस्टको तुलनामा

काठमाडौँ, २० भदौ । अति कम विकसित देशहरूको समूह (एलडीसी) ले भोटेकोशी बाढीप्रति धनी एवं विकसित देशहरूको गम्भीर ध्यानाकर्षण गराउँदै हानि–नोक्सानीबापत