नमुना सर्वेक्षण : पुस्तान्तरण नहुँदा संकटमा मातृभाषा

काठमाडौँ, ४ भदौ । नेपालमा बोलिने विभिन्न जातिका मातृभाषा संकटमा पर्दै गएको पाइएको छ । भाषा आयोगले नेपालमा बोलिने भाषाहरूको वास्तविकता पत्ता लगाउन स्थानीय तहमा गरेको सर्वेक्षणले विभिन्न मातृभाषा संकटमा परेको देखाएको हो ।

आयोगले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–३, ७, ९ र ११ का २ हजार ६ सय ३८ घरपरिवारमा तीन महिना लगाएर नमुना भाषिक सर्वेक्षण गरेको थियो । ती वडामा ब्राह्मण, क्षेत्री, तामाङ, दलित, नेवार, मगर, भुजेल, दशनामीजस्ता जातजातिको बसोबास छ । तीमध्ये भुजेल र मगरले घरभित्रै पनि मातृभाषा बोल्ने नगरेको पाइएको आयोगको प्रतिवेदनमा उल्लेख छ । नेवार भाषाको पुस्तान्तरण कमजोर बन्दै गएको स्थिति पनि त्यसमा औंल्याइएको छ ।

अन्तरजातीय विवाह, मातृभाषा बोल्ने समुदायबाट नबोल्ने समुदायमा विवाह तथा बालबालिकालाई निजी विद्यालयमा अंग्रेजी भाषाको माध्यमबाट पढाउने मोहका कारण भाषाको पुस्तान्तरणमा चुनौती पैदा भएको प्रतिवेदनले औंल्याएको छ । उक्त अध्ययन क्षेत्रभित्रका विद्यालयमा मातृभाषा पठनपाठन सुरु नभएको, पाठ्यक्रम, पाठ्यसामग्री र अन्य सहायक सामग्रीको व्यवस्था नरहेको र स्थानीय सरकारी कार्यालयमा नेपाली भाषा मात्रै प्रयोगमा रहेको देखिएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० भदौ ।  रसुवाका बाढी प्रभावितका लागि सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हाल रु

काठमाडौँ, २० भदौ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सहित सहसचिव र उपसचिव तहका कर्मचारीको सरुवा गरेको छ

काठमाडौँ, २० भदौ । सन् २०२६ को अगस्टमा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्यामा कमी आएको छ । ०२५ अगस्टको तुलनामा

काठमाडौँ, २० भदौ । अति कम विकसित देशहरूको समूह (एलडीसी) ले भोटेकोशी बाढीप्रति धनी एवं विकसित देशहरूको गम्भीर ध्यानाकर्षण गराउँदै हानि–नोक्सानीबापत