स्विडेनमा १६ वर्षपछिकै सबैभन्दा कम जन्मदर

एजेन्सी, ३ भदौ । स्विडेनमा जन्मदर अत्यन्त न्यून भएको तथ्याङ्क सार्वजनिक भएको छ । सन् २०२२ को पहिलो ६ महिनाको जन्मदर १६ वर्षपछिकै सबैभन्दा कम रहेको देखिएको हो ।

स्विडेनका तथ्याङ्क अधिकारीहरूले दिएको जानकारी अनुसार यस अवधिमा ५४ हजार ६ सय ५० शिशु जन्मिएका छन्। यो सङ्ख्या अघिल्लो वर्षको यही अवधिको तुलनामा ६ दशमलव ७ प्रतिशत कम हो । सन् १०९९ मा ०.१ प्रतिशत जन्मदर रहेको स्विडेनमा त्यसपछि क्रमशः बढेर सन् २०१७ मा १.३ प्रतिशत पुगेको थियो। त्यसपछि लगातार जन्मदर घटेको स्विडेनमा सन् २०२१ मा ०.६ प्रतिशतमा झरेको थियो । 

जन्मदर घट्नुको पछाडि धेरै कारण हुन सक्ने विज्ञहरूले बताएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । प्राध्यापक गुनार अन्डेर्सनका अनुसार कोरोना भाइरसको महामारी, कोरोना विरुद्धको खोप अभियान, आर्थिक सङ्कटलगायतका कारण जन्मदर घटेको बुझ्न सकिन्छ । गएको जुन ३० सम्मको तथ्याङ्क अनुसार स्विडेनको कुल जनसङ्ख्या १ करोड ४ लाख ८७ हजार ८ सय ५९ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनगढी, ७ वैशाख । सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन जनाएको नागरिक उन्मुक्ति पार्टीकी सांसद टीका थापाले मुख्यमन्त्रीलाई आफ्नो समर्थन नरहेको घोषणा

काठमाडौँ, ७ वैशाख । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । बुधबार सम्पन्न पार्टीको सचिवालय बैठकले आगामी दशौँ राष्ट्रिय महाधिवेशनबारे

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा

काठमाडौँ, ७ वैशाख । रास्वपा सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुदूरपश्चिम सरकार गठनका क्रममा भएको सामान्य विवादका