जापानमा एकै दिन २ लाख ५० हजार भन्दा बढी कोरोना सङ्क्रमित

एजेन्सी, ३ भदौ । जापानमा पछिल्लो समय २ लाख भन्दा बढी कोरोना संक्रमित फेला परेका छन् ।

जापानमा एकै दिनमा २ लाख ५५ हजार पाँच सय ४२ जनामा कोभिड -१९ को सङ्क्रमण देखिएको जापानको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । ४ लाख ८२ हजार २२७ जनामा परिक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् ।

यस्तै पछिल्लो २४ घन्टामा जापानमा २ लाख ४४ हजार २४१ जना संक्रमणमुक्त भएका छन् ।  कोभिडका कारण देशभर एकै दिनमा २ सय ८७ जनाको मृत्यु भएको छ । टोकियो महानगरमा मात्र बिहिबार २७ हजार ४ सय ५३ नयाँ सङ्क्रमित थपिएका छन् । जापानका स्वास्थ्य अधिकारीहरूले कोभिड -१९ को यो सातौ लहरले देशको स्वास्थ्य पद्धतिलाई दबाबमा पारेको र अस्पतालमा शैय्या पाउन कठिन भएको बताएका छन्।

हाल जापानमा सक्रिय संक्रमितको संख्या २१ लाख ५२ हजार ३३६ जना छन्। जापानमा हालसम्म ३५९२७ जनाको कोरोना संक्रमणकै कारण ज्यान गएको छ ।


प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ फागुन । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले स्वास्थ्य बीमा कार्यक्रम आफैँ भ्रष्टाचारको माध्यम बनिरहेको बताएका छन् ।  राजनीतिक दल

काठमाडौँ, १२ फागुन । समाजवादी मोर्चाले सातवटै प्रदेशमा अन्तरक्रिया गर्ने भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले

धनुषा, १२ फागुन ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमला नदीमा निर्माण भएको झोलुङ्गे पुलको उद्घाटन गरेका छन् । सिरहा नगरपालिका–१३

काठमडौँ, १२ फागुन । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच शिष्टाचार भेटवार्ता भएको छ । आज बिहान ले लैनचौरस्थित