शेयर बजार झन्डै २८ अङ्कले बढ्यो

काठमाडौँ, २ भदौ । शेयर बजार आज झन्डै २८ अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ७२ अङ्कले बढेर दुई हजार ६८ दशमलव ४२ विन्दुमा पुगेको छ । 

आज सबै समूहको शेयर सामान्य बढेकोमा जलविद्युत्, फाइनान्स र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । बजार बढेसँगै कारोबारमा पनि केही सुधार आएको छ । दुई सय २० वटा कम्पनीका ५१ लाख एक हजार कित्ता शेयर दुई अर्ब पाँच करोड ७९ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै रिडी हाइड्र्रोको १० करोड ४३ लाख रुपैयाँको शेयर किनबेच भयो । 

आज मन्दाकिनी हाइड्रो, अपर सोलु हाइड्रो, अप हेवाखोला हाइड्रो र श्वेतगंगा हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि सर्पोट लघुवित्तको शेयर सबैभन्दा धेरै ३ दशमलव २८ प्रतिशतले घटेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गायक महेन्द्र राई र गायिका दिपा तामाङको ‘जोडि मिल्छ च्याटै’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको

काठमाडौँ, १६ चैत । यशराज फिल्म्को जासूस ब्रह्माण्डमा भिलेनको रुपमा बबी देओल देखिंदैछन् । डेडलाइन म्यागजिनको रिपोर्टअनुसार उनी आलिया भट्ट

काठमाडौँ, १५ चैत । महिला राष्ट्रिय फुटबल टिमकी खेलाडी एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’को प्रदर्शन मिति तय भएको

काठमाडौँ, १५ चैत । मिस नेपाल २०२४ को आवेदन खुला भएको छ । द हिडन ट्रेजरले बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै