बौद्धिक सम्पत्ति संरक्षणका लागि कानुनी स्पष्टतामा जोड

काठमाडौँ, २ भदौ । निजी क्षेत्रका सरोकारवाला तथा विज्ञहरूले बौद्धिक सम्पत्ति संरक्षणका लागि समयसापेक्ष कानुन निर्माणमा जोड दिएका छन् ।

बुधबार नेपाल भारत चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज र कारोबार राष्ट्रिय आर्थिक दैनिकले आयोजना गरेको बौद्धिक सम्पत्तिसम्बन्धी छलफलमा निजी क्षेत्रको छाता संगठनका प्रतिनिधि तथा विज्ञहरूले नेपालमा समयसापेक्ष कानुन निर्माणमा ढिलाई भएको बताएका हुन् ।

नेपालमा लगानीको सम्भावना र अवसर हुँदाहुँदै पनि बौद्धिक सम्पत्ति संरक्षणका लागि समयसापेक्ष कानुन निर्माण हुन नसक्दा लगानी भित्रिन नसकेको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । उनले भने, ‘पछिल्लो समय तथार भएको बौद्धिक सम्पत्ति संरक्षणसम्बन्धी विधेयकको मस्यौदामा सरकारले सरोकारवाला छलफल गर्नुपर्छ ।’

वरिष्ठ उपाध्यक्ष ढकालले सरोकारवाला निकायसँगको छलफल तथा समन्वयमा आएका कानुन तथा नियमहरूमात्र प्रभावकारी कार्यान्वयन, लाभदायी र आर्थिक विकासको लागि सहयोगी हुने बताए । यो समाचार आजको कारोबार दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । नेपाल राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ निक्षेप खिच्दै छ । बैंकिङ प्रणालीमा अधिक तरलता कायमै रहेपछि

काठमाडौँ, १२ असोज । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ५ हजार रुपैयाँले

काठमाडौँ, १२ असोज । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुग्नुभएका अर्थमन्त्री

काठमाडौँ, १२ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ