सामुदायिक विद्यालयका कर्मचारी आन्दोलनमा

काठमाडौँ, १ भदौ । सामुदायिक विद्यालयमा लामो समयदेखि कार्यरत कर्मचारीले दरबन्दीको माग गर्दै बुधबारदेखि आन्दोलनमा उत्रने घोषणा गरेका छन् ।

नेपाल विद्यालय कर्मचारी परिषद्ले मंगलबार काठमाडौंमा सार्वजनिक कार्यक्रम गरी आफूहरू लामो समयदेखि सामुदायिक विद्यालयमा न्यून तलबमा काम गर्नुपर्ने अवस्थाको अन्त्य गरिनुपर्ने माग गरेका छन् ।

परिषद्का अध्यक्ष गंगा तिवारीले सरकारले विद्यालय कर्मचारीको माग सम्बोधनबारे पटकपटक सहमति गरे पनि त्यसको पालना नगरेकाले यसपटक सबै विद्यालय कर्मचारीहरू माग पुरा नभएसम्म अनिश्चितकालीन विद्यालय बन्द गरेर आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । उनका अनुसार बुधबार बिहान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतका भक्तपुरमा रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा धर्ना दिने कार्यक्रम रहेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार

काठमाडौँ, ११ असोज । विराटनगर महानगरपालिका–३ आयल निगमस्थित सडकमा दुर्घटनामा परेको स्कार्पियो गाडीबाट ३९८ किलो गाँजा बरामद भएको छ । प्रहरीका

काठमाडौँ, ११ असोज । पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका

काठमाडौँ, ११ असोज । नारायणी नदी र यसका सहायक नदीहरूमा जलसतह खतराको तहभन्दा माथि पुगेपछि तटीय क्षेत्रमा बाढी र डुबानको