‘लाल सिंह चड्डा’विरुद्ध उजुरी

मुम्बई, २९ साउन । प्रदर्शनरत बलिउड चलचित्र ‘लाल सिंह चड्डा’माथि भारतीय सेनाको अपमान गरेको आरोप लागेको छ । सामाजिक सञ्जालमा बहिष्कारको अभियानपछि अभिनेता आमिर खान र अभिनेत्री करिना कपुर खानको चलचित्र अब कानुनी झमेलामा फसेको छ ।

नयाँ दिल्लीका एक वकिलले उक्त चलचित्रविरुद्ध उजुरी दिएका हुन् । उनले चलचित्रले भारतीय सेनाको अपमान गरेको भन्दै निर्माताहरू आमिर खान, अद्वेत चन्दन र पारामाउन्ट पिक्चर्स तथा चलचित्रसँग जोडिएका अरू केही मुख्य व्यक्तिहरूविरुद्ध उजुरी दर्ता गराएका छन् ।

“चलचित्रमा मानसिक अपांगता भएका व्यक्तिलाई कारगील युद्धमा लड्नका लागि सेनामा भर्ती हुने अनुमति दिइएको छ । जबकि, कारगील युद्धका लागि उत्कृष्ट सेनाका जवान र कडा तालिमप्राप्त जवानहरूलाई मात्रै पठाइन्छ भने सत्य सर्वविदित छ । तर, चलचित्रमा नियतवश नै भारतीय सेनाको अपमान गर्न त्यसरी चित्रण गरिएको छ,” उजुरीपत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

झापा, १५ फागुन । झापामा जुवा खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापा अनुसार शिबसताक्षी

सिरहा, १५ फागुन । २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीका अन्सुअर

बारा, १५ फागुन । निजगढ नगरपालिका–७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा सोमबार भएको विस्फोटमा परी ज्यान गुमाउनेको संख्या तीन

रौतहट, १५ फागुन । पूर्व पश्चिम हुलाकी सडक अन्तर्गत सर्लाहीको कौडेना गाउँपालिका वडा ३ मा स्कारपियो र मोटरसाइकल एक आपसमा