काठमाडौँ, २६ साउन । रियल मड्रिडले सुपर कपको उपाधि जितेको छ ।
आफ्नो करियरको ३२४ औं गोल गर्दै करिम बेन्जेमाले युईएफए सुपर कपको उपाधि रियल मड्रिडलाई दिलाएका हुन् ।
बुधबार राति भएको खेलमा फ्रान्कफुर्टलाई २-० ले पराजित गर्दै रियलले सुपर कप उपाधि जितेको हो । रियलको जितमा डेभिड अलाबा र बेन्जेमाले दुबै हाफमा एक एक गोल गरे । बेन्जेमाको उत्कृष्ट प्रदर्शनमा यस अघि रियलले ला लिगा र युईएफए च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।






