सङ्क्रमण बढेपछि टेम्केमैयुङका सम्पूर्ण विद्यालय बन्द

भोजपुर, २५ साउन । कोराना भाइरस सङ्क्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएका छन् । गाउँपालिकाले मङ्गलबारदेखि छ दिनका लागि सम्पूर्ण विद्यालय बन्द गरेको जानकारी दिएको हो । 

शिक्षक र विद्यार्थीमा कोरोना पोजेटिभ देखिएपछि विद्यालय बन्द गरिएको गाउँपालिकाले जनाएको छ । स्वास्थ्य कार्यालय भोजपुरका अनुसार यस गापमा सबैभन्दा बढी सङ्क्रण देखिएको छ । यहाँ एकैदिन ५५ जनामा कोराना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

मङ्गलवारसम्म जिल्लामा ५८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय जनाएको छ । सङ्क्रमणको अवस्था हेरेर बन्द विद्यालय सञ्चालन गरिने गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मस्को, ५ चैत । युक्रेनले रुसमाथि आक्रमण गरेको छ । आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ । रुसी अधिकारीहरूले युक्रेनले

मस्को, ५ चैत । भ्लादिमिर पुटिन पाँचौँ कार्यकालका लागि रुसको राष्ट्रपति निर्वाचित भएका छन् । तीन अन्य प्रतिस्पर्धीलाई पछि पार्दै

एजेन्सी, ४ चैत । अमेरिकाका खर्बपति व्यापारी एलन मस्कको अन्तरिक्ष अन्वेषण कम्पनी स्पेसएक्सले अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका लागि जासुसी उपग्रहहरूको

नयाँ दिल्ली, ४ चैत । भारतीय निर्वाचन आयोगले राष्ट्रिय चुनाव अप्रिल १९ देखि सुरु हुने शनिबार घोषणा गरेको छ ।