काठमाडौँ, २० साउन । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ७ सय रुपैयाँले बढेर प्रतितोला ९६ हजार ८ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९६ हजार ३ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला १२ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।