नमुना विद्यालयकै नतिजा कमजोर

काठमाडौँ, १८ साउन । सरकारले नमुना घोषणा गरेर थप लगानी गरेको काठमाडौँका सामुदायिक विद्यालयका परीक्षार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा भने कमजोर प्रदर्शन गरेका छन् । एसईईमा काठमाडौँका सामुदायिक र संस्थागतसमेत जोड्दा विद्यालयको औसत नतिजा २.९३ जीपीए रहेको छ । जसमध्ये सामुदायिक विद्यालयको औसत जीपीए २.३२ तथा संस्थागत विद्यालयको ३.५ रहेको छ । 

सरकारले नमुना घोषणा गरेको विद्यालयको नतिजा भने जिल्लाकै औसत नतिजाभन्दा पनि कमजोर देखिएको छ । शिक्षा विकास तथा समन्वय एकाइले तयार गरेको विवरणले यस्तो देखाएको हो । नमुना विद्यालयकै कमजोर नतिजा देखिएपछि एकाइले समेत यी विद्यालयमा सरकारी लगानीअनुसारको उपलब्धि हासिल हुन नसकेको विश्लेषण गरेको छ । 

सरकारले घोषणा गरेको नमुना विद्यालयमध्ये काठमाडौँमा मात्रै नौवटा छन् तर ती सबै विद्यालयका एसईईको औसत नतिजा जिल्लाभरको औसतभन्दा कमजोर छ । नमुना विद्यालयमध्ये कालीदेवी माध्यमिक विद्यालय काभ्रेस्थलीको औसत नतिजा सबैभन्दा उच्च अर्थात् २.९१ रहेको छ । 

त्यस्तै कीर्तिपुरस्थित मङ्गल माध्यमिक विद्यालयको औसत नतिजा २.८१ जीपीए रहेको छ । नमुना विद्यालय नै घोषणा भएको विश्व निकेतन माध्यमिक विद्यालय र कङ्काली माध्यमिक विद्यालयको नतिजा २.७९ रहेको छ तर विश्व निकेतन माध्यमिक विद्यालयबाट एसईईमा सहभागी विद्यार्थी सङ्ख्या सबैभन्दा धेरै अर्थात् २.३२ रहेको छ ।

नमुनामध्येकै कीर्तिपुरको जनसेवा, भगवतीबारीको शान्ति निकुञ्ज, जोरपाटीको चामुण्डा र धापासीको तिलिङ्गाटार माध्यमिक विद्यालयको औसत नतिजा क्रमशः २.६१, २.४९, २.४१ र २.३० जीपीए रहेको छ । त्यस्तै भद्रबासको आदर्श माध्यमिक विद्यालयको औसत नतिजा पनि २.२३ जीपीए छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) परामर्श सेवा

काठमाडौँ, १५ चैत । काठमाडौँ महानगरपालिकाले निजी विद्यालयको नाम फेर्न एक महिनाको अल्टिमेटम दिएको छ । महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली,

काठमाडौँ, १५ चैत । बागमती प्रदेशमा सत्ता गठबन्धनमा रहेका चार दलबीच बिहीबार ५ बुँदे सहमति भएको छ । नेकपा एमाले, नेकपा

काठमाडौँ, १५ चैत । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेशनमा लगानी बढाउन लगानी कर्ताहरूलाई आह्वान गरेका छन्