काठमाडौँ, १७ साउन । आमिर खान स्टारर बलिउड फिल्म ‘लाल सिंह चड्डा’को नेपाल अधिकार अहिलेसम्मकै सर्वाधिक मूल्यमा बिक्री भएको छ ।
ब्यांकटेस इन्टरटेनमेन्टले २ करोड रुपैयाँमा फिल्म किनेको हो । ‘केजीएफ : च्याप्टर २’लाई पनि ब्यांकटेसले नै १ करोड ७० लाख रुपैयाँमा खरिद गरेको थियो । ‘आरआरआर’को राइट १ करोड रुपैयाँ थियो ।
आमिर र करिना कपुरको मुख्य भूमिका रहेको फिल्म ‘लाल सिंह चड्डा’ साउन २६ गते नेपालसहित विश्वभर प्रदर्शन हुँदैछ । ‘आमिर खान प्रोडक्सन र भायकम-१८ कम्पनीले निर्माण गरेको फिल्मको बजेट १५० करोड भारु बताइएको छ ।