‘लाल सिंह चड्डा’को नेपाल अधिकार अहिलेसम्मकै महंगो मूल्यमा खरिद

काठमाडौँ, १७ साउन । आमिर खान स्टारर बलिउड फिल्म ‘लाल सिंह चड्डा’को नेपाल अधिकार अहिलेसम्मकै सर्वाधिक मूल्यमा बिक्री भएको छ ।

ब्यांकटेस इन्टरटेनमेन्टले २ करोड रुपैयाँमा फिल्म किनेको हो । ‘केजीएफ : च्याप्टर २’लाई पनि ब्यांकटेसले नै १ करोड ७० लाख रुपैयाँमा खरिद गरेको थियो । ‘आरआरआर’को राइट १ करोड रुपैयाँ थियो ।

आमिर र करिना कपुरको मुख्य भूमिका रहेको फिल्म ‘लाल सिंह चड्डा’ साउन २६ गते नेपालसहित विश्वभर प्रदर्शन हुँदैछ । ‘आमिर खान प्रोडक्सन र भायकम-१८ कम्पनीले निर्माण गरेको फिल्मको बजेट १५० करोड भारु बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ बैशाख । बलात्कार मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका–२१ स्थित परवानीपुरबाट पक्राउ गरेको छ ।

काठमाडौँ, १८ बैशाख । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान

काठमाडौँ, १८ बैशाख । बैंकिङ कसुर मुद्दामा सजाय तोकिएर फरार रहेका एक जनालाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ । जिल्ला

काठमाडौँ, १८ बैशाख । कैलालीको धनगढीमा होटलमा तास खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी  उपमहानगरपालिका–५ हसनपुरको रोहित होटलमा