काठमाडौँ, १६ साउन । अभिनेत्री प्रियंका कार्की फिल्म ‘फूलबारी’मा अनुबन्धित भएकी छन् ।
रामबाबु गुरुङले निर्देशन गर्ने नयाँ फिल्म ‘फूलबारी’मा प्रमुख भूमिकाको लागि प्रियंका अनुबन्धित भएकी हुन् । दयाहाङ राई र विपिन कार्की यसअघि नै फिल्मको प्रमुख पुरुष कलाकारमा फाइनल भइसकेका छन् ।
भदौ १३ गतेदेखि छायांकन सुरु हुने फिल्ममा रंगमञ्च कलाकारहरु अरुणा कार्की, सोम खनाल पनि जोडिने चर्चा छ । यो फिल्ममा विपिनले ५८ वर्षीय पात्रको भूमिकामा अभिनय गर्दैछन् । सम्भवतः उनको जोडीको रुपमा अरुणा हुने सम्भावना छ ।