सेनाद्वारा विद्यालय भवन निर्माण

झापा, १६ साउन । नेपाली सेनाले झापा गाउँपालिका वडा नं ७ मदरगाछस्थित जनकल्याण माध्यमिक विद्यालयको भवन निर्माण गरेर हस्तान्तरण गरेको छ ।

सेना र नागरिक सम्बन्ध विस्तार योजनाअन्तर्गत निर्माण गरिएको उक्त भवन नेपाली सेनाका पूर्वी पृतनापति सहदेव खड्काले विद्यालयका प्रधानाध्यापक पदमप्रसाद अधिकारीलाई हालै हस्तान्तरण गरे । सो अवसरमा पृतनापति खड्काले सेना र जनताबीचको सम्बन्धलाई अझ बलियो बनाउन विद्यालय भवन निर्माण गरिएको बताए ।

सभाकक्ष, कक्षाकोठा र शौचालयसहितको भवन निर्माणका लागि रु ३५ लाख बजेट उपलब्ध गराए पनि रु ३२ लाख १८ हजार आठ सय ५५ मा ठेक्का लागेर भवन निर्माण भएको विद्यालयका प्रधानाध्यापक पदमप्रसाद अधिकारीले जानकारी दिए ।भवन हस्तान्तरण कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी छविराज रिजालले विद्यालय भवनले ग्रामीण क्षेत्रको शिक्षाका विकासमा टेवा पुग्ने बताए । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ कार्तिक । धनकुटाको पाख्रीबास बजारबाट जुवातास खेलेको आरोपमा ११ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाका

काठमाडौँ, १२ कार्तिक । सिरहाको मार्डरमा हवाई फायर गरेर प्रहरीले दुई जना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । लागुऔषध

काठमाडौँ, १२ कार्तिक । कैलालीमा प्रहरीले लागुऔषधसहित एकैदिन आठ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार धनगढी र भजनीबाट बुधबार

काठमाडौँ, १२ कार्तिक । मुस्ताङमा यस वर्ष एक अर्ब १४ करोड ९६ लाख रुपैयाँ बराबरको स्याउ उत्पादन भएको प्रारम्भिक अनुमान