काठमाडौँ, १५ साउन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज उच्च अंकले बढेको छ । आज नेप्से ५४.५८ अंकले बढेर दुई हजार एक सय ९५ दशमलब १० विन्दुमा बन्द भएको छ । त्यस्तै, आज नेप्सेमा चार अर्ब ६० करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका कम्पनीमध्ये १२६ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ५१ वटा कम्पनीको शेयरमूल्य घटेको छ । साथै ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये दश कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।
नेप्सेका अनुसार आज गुडविल फाइनान्स कम्पनीको डिभेञ्चरको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य करिब ४ प्रतिशतले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट कम्पनीको भएको छ । यसको आज २१ करोड ३४ लाख भन्दा बढीको कारोबार भएको छ ।





