काठमाडौँ जिससमा ११ वटै पालिकाको एकीकृत सूचना केन्द्र बन्ने

काठमाडौँ, १२ साउन । काठमाडौँ जिल्ला समन्वय समितिलाई जिल्लाको एकीकृत सूचना अभिलेख केन्द्रको रुपमा विकास गरिने भएको छ । जिल्ला भित्रका काठमाडौँ महानगरपालिका सहित १० वटै नगरपालिकामा भएको विकास निर्माण र सुशासनलाई एकीकृत गर्ने गरि सूचना अभिलेख केन्द्रको रूपमा विकास गर्न लागिएको हो ।

काठमाडौँ जिल्ला भित्रका ११ वटै पालिकाका नवनिर्वाचित प्रमुख, उपप्रमुख, र प्रमुख प्रशासकीय अधिकृत, जिल्ला समन्वय समितिका पदाधिकारीको उपस्थितिमा बुधबार भएको परिचयात्मक एवं समन्वय बैठकमा जिससलाई सूचना केन्द्रको रुपमा विकास गर्ने निर्णय भएको हो । कार्यक्रममा जिसस प्रमुख सन्तोष बुढाथोकीले जिल्ला भित्रका संघीय सरकार, प्रदेश, स्थानीय तह र गैरसरकारी क्षेत्रमा भएका विकास निर्माण लगायतका विवरण, सूचना प्रगति प्रतिवेदन जिल्ला सूचना अभिलेख केन्द्रमा उपलब्ध गराउनुपर्ने बताउनुभयो ।

जिल्ला भित्रका विकास निर्माणका कार्यलाई प्रभावकारी बनाउनका लागि वार्षिक समिक्षा कार्यक्रम अयोजना गर्ने, स्थानीय तहले आर्थिक वर्ष समाप्त भएको दुई महिना भित्रमा जिल्लाको सबै विकास निर्माण लगायतका विषयमा विभिन्न निकयाबाट गरेका काम र सुझावसहितको प्रतिवेदन सङ्घीय र प्रदेश मन्त्रालायमा पेश गर्नुंपर्ने विषयहरु स्थानीय तहबाट जिससमा १५ दिन भित्र लिखितरुपमा उपलब्ध गराउने, जिल्ला समन्वय समितिको मौजाद कोषबाट सञ्चालित कार्यक्रमहरु स्वीकृत भएको ड्रोइन डिजाइन र स्पेशिफिकेशन बोजिम निर्धारित समयमा गुणस्तर र लागत बमोजिम कार्यक्रम सम्पन्न गरी जिससमा माग गर्ने निर्णय भएको छ ।

पालिकाहरुको कार्य सम्पादनको सिलसिलामा जिल्ला समन्वय समितिको तर्फबाट समन्वय सहजिकरण एवं सहयोग गर्नुपर्ने कुनै विषय भए जिससलाई लिखितरुपमा सम्बन्धित पालिकाले जानकारी गराउने, जिल्लाको अभिलेख केन्द्रको सूचना प्रणाली व्यस्थित गर्नका लागि जिससमा जनशक्ति व्यवस्थापन गर्न स्थानीय तहबाट सहयोग गर्ने र स्थानीय तहबाट स्वीकृत भइ राजपत्रमा प्रकाशित भएका दस्तावेजनहरु अभिलेख केन्द्रमा राख्नका लागि जिससलाई उपलब्ध गराउने निर्णय भएको हो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बुढाथोकीले बैठकको कार्यसूचि तथा प्रस्तावहरु पेश गर्नुभएको थियो । उक्त प्रस्तावमाथि जिल्ला समन्वय अधिकारी राजेन्द्रबहादुर अर्यालले थप प्रष्ट पार्दै आगामी योजना प्रस्तुत गर्नुभएको थियो ।

जिससका पदाधिकारीबाट प्रस्तुत भएको प्रस्तावमा सुझाव दिदै काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पोड्यालले जिससको भूमिकालाई थप प्रभावकारी बनाइ समन्वय र सहजिकरण गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा जिसस उपप्रमुख शान्ति पाण्डे, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसाल, उपप्रमुख सान्नानी लामा, चन्द्रागिरी नगरपालिका प्रमुख घनश्याम गिरी, शङ्खरापु नगरपालिकाका प्रमुख रमेश नापित, बुढानिलकण्ठ नगरपालिकाका उपप्रमुख अनिता लामा, तारकेश्वर नगरपालिका प्रमुख कृष्णहरि महर्जन, दक्षिणकाली नगरपालिका प्रमुख मोहन बस्नेत, कीर्तिपुर नगरपालिका उपप्रमुख शुक्रलक्ष्मी शाक्य (सुनीता) लगायतले प्रस्ताव माथि सुझाव दिनुभएको थियो ।

सुझाव दिने क्रममा गोकर्णेश्वर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ सापकोटा, कीर्तिपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्की, दक्षिणकाली नगरपालिका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईले सुझाव प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । आज एकै दिन तीनवटा नेपाली चलचित्र रिलिज भएका छन् । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर आज एकसाथ

काठमाडौँ, १ भदौ । अभिनेत्री परमिता आरएल राणाले बलिउड मिडिया तथा एजेन्सी पिंकभिल्लासँग सहकार्य गर्ने भएकी छन् । उनले मंगलबार

काठमाडौँ, १ भदौ । ‘प्रेमगीत ३’लाई चिनियाँ भाषामा डब गर्दै चीनमा समेत रिलिज गरिने भएको छ । प्रदीप खड्का स्टारर

काठमाडौँ, ३१ साउन । नेपाली कथानक चलचित्र ‘बुलबुल’ डिजिटल प्लेटफर्म अमेजन प्राइममा दर्शकले हेर्न पाउने भएका छन् । अमेरिका, युके, जापान,

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021