सूचना लुकाउनेलाई जरिवाना

काठमाडौँ, ११ साउन । आवेदकले भने अनुसार सूचना उपलब्ध गराउन नमान्ने त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशी २० हजार रुपियाँ जरिवानामा परेका छन् । राष्ट्रिय सूचना आयोगले जोशीलाई कारबाहीस्वरूप उक्त जरिवानाको फैसला गरेको हो । रौतहटका राजीव दासले सूचनाको हक प्रयोग गरी निवेदन दिँदा पनिकाले अटेरी गरेपछि आयोगमा उजुरी दिएका थिए ।

सोही उजुरीको आधारमा आयोगले मङ्गलबार जरिवानाको फैसला गरेको आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले जानकारी दिए । दासले निवदेन दिएपछि आयोगले त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुका कार्यालय प्रमुखका नाममा पटक–पटक लिखित जवाफ मागेको थियो । साथै सूचना उपलब्ध गराउन आदेश पनि दिएको थियो । तर पनि पनिकाले सूचना मागकर्तालाई सूचना उपलब्ध नगराएको गुरुङले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असाेज । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी स्वदेश फर्किएका छन् । उनी केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय

काठमाडौँ, १० असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौँ क्षेत्र नं.-३ मा युवा नेताहरूले सर्वसम्मतिका नाममा नेतृत्व चयन गर्ने प्रयासको

सिन्धुली, १० असोज। नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत सिन्धुली क्षेत्र नं. १ बाट खस आर्य तर्फ प्रदेश महाधिवेशन प्रतिनिधि पदमा

काठमाडौँ, १० असोज । परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकहरूको विश्व आर्थिक शासन व्यवस्थामा आवाज र प्रतिनिधित्व बढाउने गरी अन्तर्राष्ट्रिय वित्तीय संरचनामा