विदेशबाट आउने मिस्डकलले नेपालीलाई तनाव

काठमाडौँ, ६ साउन । कहिले ह्वाट्सएपमा लाखाँको चिट्ठा परेको म्यासेज त कहिले व्यक्तिगत नम्बरहरूबाट आउने ओटीपी । अनि कहिले म्यासेन्जरमा आउने ‘स्पाम लिङ्क’। नेपाली दूरसञ्चार प्रयोगकर्ता प्रायः केही न केही जोखिमको सामना गरिरहेका हुन्छन् ।

यस्तैमा पछिल्लो समय प्रयोगकर्तालाई तनाव दिने अर्को प्रवृत्ति देखिन थालेको छ, मिस्ड कल । त्यो पनि नेपालभित्रबाट हैन जर्जियाबाट। पश्चिम एसिया र पूर्वी युरोपबीचमा पर्ने यस देशबाट पछिल्लो समय नेपालीलाई तारन्तार फोन आउने गरेको छ। अपरिचित नम्बरबाट आउने त्यस्ता कलले प्रयोगकर्तालाई अलमल बनाइदिएको छ। पछिल्लो समय धेरै मोबाइल प्रयोगकर्ताले यस्तो कलको सामना गर्नु परेको छ ।

जहाँ फोन त आउँछ, तर उठाउन नपाउँदै काटिन्छ । यस्ता कल प्रायः +९५५ बाट सुरु भएका नम्बर छन् । यो जर्जियाको ‘कन्ट्री कोड’ हो । नेपालका दूरसञ्चार प्रयोगकर्तालाई झुक्याएर उनीहरूलाई कल फिर्ता गर्न बाध्य पार्ने उद्देश्यले यस्ता कल गरिने नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक विजय रोयले जानकारी दिए। यस किसिमको काममा सम्बन्धित देशका सेवा प्रदायकभन्दा पनि तेस्रो पक्ष संलग्न हुने उनले बताए। नेपालबाट त्यस्ता देशमा कल गर्दा महँगो शुल्क लाग्ने भएकाले त्यसको फाइदा उठाउने उद्देश्य त्यस्ता व्यक्ति अथवा समूहको हुने उनले जानकारी दिए । आजको गोरखापत्र दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । राष्ट्रिय समावेशी आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति समक्ष समावेशी आयोगले आर्थिक

काठमाडौँ, १२ असोज । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि रसियाका राजदूत एलेक्सी भ्लादिमेरोभिकबीच शिष्टाचार भेटवार्ता भएको छ । 

काठमाडौँ, १२ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो ।

काठमाडौँ, १२ असोज । नेकपा एमाले संसदीय दलका उपनेता तथा सांसद पद्मा अर्यालले हालैको बाढी, पहिरो र डुबानले पुर्‍याएको क्षतिप्रति सरकारको