निर्वाचन आयोगले किनेका ५८१ वटा ल्यापटप प्रयोगविहीन

काठमाडौँ, ३० असार । निर्वाचन आयोगले किनेका ५८१ वटा ल्यापटप प्रयोगविहीन अवस्थामा छन् । ६५९ वटा ल्यापटपको मूल्यसमेत खुलाइएको छैन । मूल्य नखुलाइएका ल्यापटपमध्ये ५८१ वटा प्रयोग नगरी थन्काइएका छन् । ‘कोर आई थ्री’ ल्यापटप प्रयोगविहीन बनाइएका हुन् । आयोगले किनेका उपकरण बेकामे अवस्थामा रहेकाले सम्बन्धित पदाधिकारीलाई कारबाही गर्न महालेखा परीक्षकको कार्यालयले सुझाव दिएको छ।

निर्वाचन आयोगमा जथाभावी ल्यापटप, छपाइ मेसिन किनेर प्रयोगविहीन बनाउने सम्बन्धित पदाधिकारीलाई कारबाही गर्न सुझाव दिइएको हो। महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्षको प्रतिवेदनमा सामान किन्न अनुमति दिएर प्रयोग नगराउने निर्वाचन आयोगका पदाधिकारीलाई कारबाही गर्न सुझाएको हो। आयोगले २०७४ सालमा १० करोड ५५ लाख ४० हजार रूपैयाँको हाई स्पिड डिजिटल कलर प्रिन्टर किनेको थियो। साथै ११ करोड २८ लाख रूपैयाँ तिरिएका दुई थान स्प्रिङ डिजिटल मोनोक्रोमसमेत गरी २१ करोड ८३ लाख ४० हजारको अत्याधुनिक छपाइ मेसिन खरिद गरिएको थियो । ती सबै हाल प्रयोगविहीन अवस्थामा छन्। यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

काठमाडौँ, १३ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दुई मुख्य कार्यभार र १५ कामलाई कार्यान्वनका लागि सबै नेता

काठमाडौँ, १३ असोज । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालित शैक्षिक कार्यक्रमबारे सार्वजनिक बहस–तथ्य, कानुन र प्रमाणमा आधारित हुनुपर्ने इन्टरनेशनल एजुकेशन

काठमाडौँ, १३ असोज । धितोपत्र बजार परिसूचक नेप्सेमा मंगलबार पनि गिरावट आएको छ । सोमबार १६ अंकले घटेको नेप्से आज पुनः