गुरु बन्दना : प्रणाम गुरुदेव

लाखौ देवता छन कसलाई मात्र पूजा गरौँ । लाखौ तिर्थ छन् कहा कहा मात्र घुमौ । लाखौ मन्त्रहरु छन कुन कुन मात्र जपौ’ । लाखौ औषधि छन कुन कुन मात्र खाऔँ । मन्दिरका मुर्ति बोल्दैनन को संग म याचना गरौँ ।

चित्रकारले नि भगवान नदेखि आफ्नै कल्पना र भावनाका आधारमा भगबानको आकृति बनाउदछ । आफुले पनि आज सम्म भगवान देखेको छैन कसलाई सम्झौं । म कस्तो भगवानको कल्पना गरौं ।

गंगाको पानीमा जन्मेर गंगाको पानीमै मर्ने माछालाई हेर्छु । पशुपतिको बरीपरी जीवनभर भौतारिरहेको बादरको पिडालाई हेर्छु । चर्च, गूम्बा र मस्जित बरिपरी घुमिरहने दुखि आत्माहरुलाई हर्छु । यो जीवन र जगत प्रति झन झन बैराग्य चलेर आउछ ।

गरुदेव, अहिले म तपाईको चरण कमलमा छु । तपाईको पाउ स्पर्श गर्न सक्छु । तपाईको बोली सुन्न सक्छु । मेरो ब्रहा, विष्ण’ र महेश्वर लयायत सम्पूण भगवान भनेकै तपाई हो । मलाई ज्ञान, बुद्धि, विबेक र आशिवार्द दिनुस जसले म पूर्ण मानव बनी यो जीवनलाई सहि तरीकाले जिउन सकौं । मेरा सबै गुरुहरुलाई कोटी कोटी प्रणाम ।

लेखक: तेजबहादुर ढकाल

काठमाडौँ

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । यही कात्तिक १७ र १८ गते सबै क्षेत्रका गरी २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने तयारी भइरहेको

पोखरा, ९ कार्तिक । पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । पोखरा २९ आदर्शचोकमा मोटरसाइकलले ठक्कर दिँदा ६१ वर्षीय

कपिलवस्तु, ९ कार्तिक । शिवराज नगरपालिका २, हल्लानगरबाट लागूऔषध ब्राउन सुगरसहित एकजना महिला पक्राउ परेकी छन् । आफ्नै घरमा लागूऔषधको

काठमाडौँ, ९ कार्तिक । सुदूरपश्चिम प्रदेशमा दशैँका बेला हुने सवारी दुर्घटना बढेको पाइएको छ । गत वर्ष दशैँदेखि छठ पर्वसम्म