गुरु बन्दना : प्रणाम गुरुदेव

लाखौ देवता छन कसलाई मात्र पूजा गरौँ । लाखौ तिर्थ छन् कहा कहा मात्र घुमौ । लाखौ मन्त्रहरु छन कुन कुन मात्र जपौ’ । लाखौ औषधि छन कुन कुन मात्र खाऔँ । मन्दिरका मुर्ति बोल्दैनन को संग म याचना गरौँ ।

चित्रकारले नि भगवान नदेखि आफ्नै कल्पना र भावनाका आधारमा भगबानको आकृति बनाउदछ । आफुले पनि आज सम्म भगवान देखेको छैन कसलाई सम्झौं । म कस्तो भगवानको कल्पना गरौं ।

गंगाको पानीमा जन्मेर गंगाको पानीमै मर्ने माछालाई हेर्छु । पशुपतिको बरीपरी जीवनभर भौतारिरहेको बादरको पिडालाई हेर्छु । चर्च, गूम्बा र मस्जित बरिपरी घुमिरहने दुखि आत्माहरुलाई हर्छु । यो जीवन र जगत प्रति झन झन बैराग्य चलेर आउछ ।

गरुदेव, अहिले म तपाईको चरण कमलमा छु । तपाईको पाउ स्पर्श गर्न सक्छु । तपाईको बोली सुन्न सक्छु । मेरो ब्रहा, विष्ण’ र महेश्वर लयायत सम्पूण भगवान भनेकै तपाई हो । मलाई ज्ञान, बुद्धि, विबेक र आशिवार्द दिनुस जसले म पूर्ण मानव बनी यो जीवनलाई सहि तरीकाले जिउन सकौं । मेरा सबै गुरुहरुलाई कोटी कोटी प्रणाम ।

लेखक: तेजबहादुर ढकाल

काठमाडौँ

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ३० असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्ने घोषणा गरेका छन् । ट्रम्पले सामाजिक सञ्जाल

एजेन्सी, २९ असार । थाइल्यान्डको राजधानी बैंककस्थित एक बारमा भीषण आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ।  थाइल्यान्डका प्रधानमन्त्री

एजेन्सी, २९ असार । इरानले नयाँ आक्रमणहरूका बिच स्ट्रेट अफ होर्मुज बन्द भएको घोषणा गरे पनि अमेरिकाले भने उक्त जलमार्ग खुला नै

एजेन्सी, २८ असार । अमेरिका र इरानबिच सैन्य आक्रमण भइरहेका बेला आइतबार ओमानमा पनि ड्रोन आक्रमण भएको समाचार सार्वजनिक भएको छ