त्रिविको बजेट : १० शीर्षकमा झण्डै १० अर्बभन्दा बढी रकम विनियोजन

काठमाडौँ, १५ असार । आगामी आर्थिक वर्षको बजेटमा त्रिभुवन विश्वविद्यालयले १० अर्बभन्दा बढी रकम विनियोजन गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आर्थिक वर्ष २०७९/०८० को बजेट नीति तथा कार्यक्रमअन्तर्गत त्रिविले विभिन्न शीर्षकबाट उक्त रकम विनियोजन गरेको हो ।

आगामी आर्थिक वर्षमा विश्वविद्यालय अनुदान आयोगले करिब १८ अर्ब रुपियाँ पाउनेछ । तीमध्ये करिब झण्डै ५० प्रतिशत रकम त्रिविले पाउनेछ । आयोगले १२ विश्वविद्यालयलाई रकम वितरण गर्नेछ । त्रिविले विभिन्न शीर्षकमा बजेट मागेको देखिएको छ । त्रिविअन्तर्गत विभिन्न क्याम्पसको नामै तोकेर बजेट उल्लेख गरेको छ ।

अर्थ मन्त्रालयले मन्त्री र उच्च तहका नेताको आग्रहमा समेत बजेट विनियोजन गरेको पाइएको छ । त्रिविले करिब १० शीर्षकमा बजेट माग गरेको छ । बजेट पुस्तिकामा त्रिभुवन विश्वविद्यालय सञ्चालन खर्च, शिक्षक कर्मचारीको तलबलगायत शीर्षकमा ८ अर्ब ८१ करोड रुपियाँ विनियोजन गरेको छ ।

त्यस्तै, त्रिविका सेडा, सेरिड, सिनासलगायत अन्य विश्वविद्यालयका अनुसन्धान केन्द्रमार्फत् हुने अन्वेषण तथा अनुसन्धान शीर्षकमा १० करोड, त्रिविका स्वायत्त क्याम्पसलाई अनुदान शीर्षकमा ८५ करोड, त्रिवि अर्थशास्त्र कन्द्रीय विभाग, वागेश्वरी क्याम्पस निर्माण, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको भवन निर्माण र पुँजीगत शीर्षकमा १–१ करोड रुपियाँ विनियोजन गरिएको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार

काठमाडौँ, ११ असोज । विराटनगर महानगरपालिका–३ आयल निगमस्थित सडकमा दुर्घटनामा परेको स्कार्पियो गाडीबाट ३९८ किलो गाँजा बरामद भएको छ । प्रहरीका

काठमाडौँ, ११ असोज । पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका

काठमाडौँ, ११ असोज । नारायणी नदी र यसका सहायक नदीहरूमा जलसतह खतराको तहभन्दा माथि पुगेपछि तटीय क्षेत्रमा बाढी र डुबानको