जननेता मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलिय जनवाद भनेको एक्काइसौं शताब्दिको मार्क्सवाद हो । २०४६ सालको जनआन्दोलनदेखि मावोवादी द्वन्दको सफल अवतरण पनि यसकै जगमा भएके हो । गणतन्त्रको प्राप्ति पछि राजनैतिक क्रान्तिको च्याप्टर ल्कोज भई अव जबजको आर्थिक क्रान्ति वा समृद्धिको च्याप्टर सुरू भएको छ । जनवादलाई क्लोज गरि समाजवादमा अवतरण गर्न सकिदैन । हामीले जान खोजेको प्रजातान्त्रिक समाजबादमा हो की जनवादी समाजबादमा हो निर्क्यौल गरी अगाडि बढ्नु जरूरी छ । हामी अहिले दोबाटोमा अल्मलिनु हुदैन । साथै हामी कसैले पनि धमिलो पानीमा माछा मार्न खोज्नु हुदैन ।
मेरो व्यक्तिगत बिचारमा राजनैतिक अधिकारको प्राप्ति पछि अवको आन्दोलन भनेको समृद्धिको प्राप्ति नै हो । हामी जनवादी वा कम्युनिष्टहरूकालागि समृद्धि भनेको सम बृद्धि वा साझा समृद्धि नै हो । साझा समृद्धि भनेको सामुहिकतावाद पनि हो । उत्पादनका साधन वा सम्पति व्यक्तिगत भएता पनि त्यसलाई एकिकृत गर्दै सामुहिक रुपमा उत्पादन गर्ने, मिलेर बस्ने र बाडेर खाने प्रणाली नै सामुहिकबाद वा एक प्रकारको जनबाद नै हो । त्यसैले जनताको बहुदलीय जनवादलाई मार्गदर्शक राजनैतिक सिद्धान्त मान्ने नेकपा एमालेको भाषामा समृद्धि भनेको जनताको समृद्धि नै हुनु सान्दर्भिक देखिन्छ ।
साथै नेकपा एमालेको सन्दर्भमा सुखी नेपाली र समृद्ध नेपालको स्थापना गर्ने पार्टीको परिकल्पनालाई मुर्तरूप दिन अब हामीले सामाजिक आर्थिक रूपान्तरण र समृद्ध नेपाल निर्माणको अग्रणी शक्ति र अभियान्ताका रूपमा स्थापित गर्नु पर्ने छ । शान्तिपूर्ण जनक्रान्तिका उपलब्धिहरूलाई संस्थागत गर्दै जनताको बहुदलीय जनबादको मार्गदर्शनमा समृद्ध नेपाल निर्माण गर्नु पर्नेछ । साथै लोकतन्त्रको नेताको रूपमा स्थापित पार्टी अब समृद्धिको अगुवाकारूपमा स्थापित गर्दै हामीले वि। सं। २०८० सम्ममा नेपाललाई अल्पविकसित राष्ट्रको दर्जाबाट विकासशील रांष्ट्रको दर्जाबाट पुर्याउने र एकाइसौ सताव्दीको अन्त्य सम्ममा नेपाल सन्सारका मध्यम विकसित राष्टहरूको दांजोमा स्थापित गर्ने लक्षका साथ विकास तथा समृद्धिको गुरूयोजना बनाई युद्धस्तरमा काम गर्नु जरूरी छ । यसकालागि थप अध्ययन र अनुसन्धान गर्दै सोही बमोजिमको नीति तथा कार्यक्रम बनाउनु जरूरी छ ।
आज कमरेड मदन भण्डारीको जन्मजयन्तिका अवसरमा भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु ।
तेजबहादुर ढकाल
काठमााडौँ
