नेप्से परिसूचक ४५.२५ अंकले घट्यो

काठमाडौँ, ९ असार । सेयर बजार परिसूचक नेप्से ४५.२५ अंकले गिरावट हुँदा १८४८.२८ अंकमा बन्द भएको छ ।

आज नेप्सेले अघिल्लो बुलमा कायम गरेको १८८१ अंकको बिन्दुबाट तल झरेको हो । २०७३ साउन १२ गते उक्त बिन्दु कायम गरेको नेप्से त्यसपछि ११०० सम्म झरेर २०७७ मंसिरमा उक्त बिन्दु पार गरेर माथि गएको थियो । १९ महिना पनि पुन: नेप्से उक्त बिन्दुबाट तल झरेको छ । 

नेप्सेसँगै सबै उपसूचकमा गिरावट भएको छ । जसमध्ये हाइड्रोपावर उपसूचक सर्वाधिक ४.११ प्रतिशतले गिरावट भएको छ । बुधबार ८४ करोडमा सीमित भएको कारोबार रकम बिहीबार भने बढेर डेढ अर्ब नजिक पुगेको छ । बिहीबार बजारमा २३७ सूचीकृत धितोपत्र कारोबारमा आउँदा एक अर्ब ४९ करोड ९७ लाखको कारोबार भएको छ । 


प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ साउन । भक्तपुरको मनोहरा खोला वरपरका सुकुम्वासी बस्तीमा बाढी पसेको छ । टहरामा भएका घरायसी सामग्री बाढीले बगाएको

धनगढी, २५ साउन । कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराति धनगढी उपमहानगरपालिका-३

भोजपुर, २५ साउन । कोराना भाइरस सङ्क्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएका छन् । गाउँपालिकाले मङ्गलबारदेखि छ

काठमाडौँ, २५ साउन । सरकार यातायात क्षेत्रमा व्यापक हेरफेर तयारीमा जुटेको छ । यसअघि, स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) केन्द्रबाट छापिन्थ्यो ।

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021