नेप्से ३१ अंकले गिरावट

काठमाडौँ, ८ असार । आज बजार परिसूचक नेप्से ३१.२१ अंकले गिरावट भएर १८९३.५३ अंकमा बन्द भएको छ ।

नेप्सेसँगै सबै उपसूचकमा गिरावट भएको छ । हाइड्रोपावर, विकास  बैंक, वित्त कम्पनी र अन्य उपसूचकमा साढे २ प्रतिशतभन्दा माथिको गिरावट भएको छ ।

आज दिनभर बजारमा १९४ कम्पनीको सेयर कारोबार भएकामा १७३ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । १९ कम्पनीको सेयर मूल्य बढेको छ । दुई कम्पनीको सेयर मूल्य स्थिर रह्यो । आज कारोबारमा आएका मध्ये आँधीखोला लघुवित्तको सेयर मूल्य बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा शिवश्री हाइड्रोपावरको सेयरमूल्य  ३.८९ प्रतिशतले बढेको छ ।

युनाइटेड इदी मार्दी एन्ड आरबी कम्पनीको सेयर मूल्य सर्वाधिक ६.४८ प्रतिशतले गिरावट हुँदा हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सेयर मूल्य  ५.६२ प्रतिशत र घलेम्दी हाइड्रोपावरको सेयर मूल्य ५.५६ प्रतिशतले गिरावट भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिला सशक्तीकरणको लागि सबैको हातेमालो आवश्यक रहेको बताएका छन् ।   आज

काठमाडौँ, १६ चैत । आज नेपाल पत्रकार महासङ्घले देशभर विविध कार्यक्रमको आयोजना गरी ६९ औँ स्थापना दिवस मनाउँदै छ । 

काठमाडौँ, १६ चैत । आगामी १० वर्षमा १० हजार मेगावाट खरिद गर्ने दीर्घकालीन सम्झौता गरेको भारतले नेपाललाई दबाबमा राख्दै सर्तसहित

काठमाडौँ, १५ चैत । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशभर लालकिल्ला स्थापित गर्नुपर्ने बताएका छन् । एमाले झापाको