वायुसेवा सञ्चालकको आन्दोलन फिर्ता

काठमाडौँ, ८ असार । वायु सेवा सञ्चालक संघ नेपालले  आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ । आजदेखि उडान बन्द गर्ने घोषणा गरेको संघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको हो । 

गृह मन्त्रालयको समन्वयमा संघ र प्राधिकरणबीच मंगलबार राति भएको वार्तामा प्राधिकरण र वायुसेवा सञ्चालबीच उडान नरोक्न सहमति भएपछि उडान नियमित हुने भएको हो । 

नेपाल नागरिक उड्डयन प्राधिकरणले एकतर्फी निर्णय गरेको भन्दै मंगलबार पत्रकार सम्मेलन गरेको संघको आन्दोलन फिर्तासँगै नियमित उडान हुने भएको छ ।

बुद्ध एअरले आफ्नो नियमित उडान कार्यक्रम रहेको सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेको छ । यस्तै यती एअरलाइन्सले पनि गएराति नै फेसबुकमा लेखेको छ, “भोलिदेखी अनिश्चितकालका लागि स्थगित भएका हाम्रा सम्पूर्ण उडानहरु नियमित हुने जानकारी गराँउदछौं ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ वैशाख । इन्द्रेणी कार्यक्रमका सञ्चालक तथा लोक दोहरी गायक कृष्ण कँडेलको फेसबुक आइडी ह्याक भएको छ । आइडी

काठमाडौँ, १३ वैशाख । फेयरप्ले एपमा आईपीएल २०२३ को अवैध प्रसारणको सम्बन्धमा भारतको महाराष्ट्र साइबर सेलले अभिनेत्री तमन्ना भाटियालाई सोधपुछका

काठमाडौँ, १२ वैशाख । सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सीको घर’ले उच्च शो पाएको छ । आजबाट अग्रिम बुकिङ

काठमाडौँ, १२ वैशाख । फिल्म ‘घरज्वाइँ’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । अनिल बुढा मगरको निर्देशनमा जनक घर्ती मगरले निर्माण